इटहरी/ प्राज्ञ राम धामी इटहरीमा सम्मानित भएका छन् । संयुक्त रूपमा भएको रोटरी क्लब अफ इटहरीको २२ औं पदस्थापना तथा रोट्र्याक्ट क्लब अफ इटहरीको ११ औं पदस्थापना कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

रोटरी क्लब अफ इटहरीकी सचिव शोभा कोइराला (सविना)का अनुसार धामीलाई भोकेसनल अवार्ड प्रदान गरिएको हो । समाजमा राम्रो काम गर्नेलाई हरेक वर्ष क्लबले सम्मान गर्ने क्रममा यसपटक धामीलाई सम्मान गरिएको उनले बताइन् ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विशेष आतिथ्यता तथा डिस्ट्रिक गभर्नर इलिट किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका ३ सयभन्दा बढी मानिसको उपस्थिति रहेको थियो । क्लबमा ५ जना नयाँ सदस्य थप भएको सचिव कोइरालाले बताइन् ।