इटहरी: जनयुद्ध दिवसको उपलक्ष्यमा देशैभर बिबिध कार्यक्रम भइरहेका छन् । तत्कालीन समयमासंगै युद्धमा होमीएका मोहन बैध, बिप्लवले पनि कार्यक्रमको आयोजना गरीरहेका छन् । प्रचण्ड नेतृत्वको नेकपा माओबादी केन्द्र अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा¬) भएको छ । जुनपार्टी पनि जनयुद्ध दिवसको भव्य समारोहमा सामेल भएको छ ।

पार्टीले जनयुद्ध दिवसमा खुसीयाली मनाउँदै गर्दा सन्तान गुमाएका परीवारमा भने चित्कार सुरु भएको छ । आफ्ना सन्तानलाई देखाएको सपना बिर्सीएर पार्टीले गद्धारी गरीरहेको उनीहरुको गुनासो छ ।

त्यसैमध्येको एक परीवार हो इटहरी ५ जनता बस्तीको खड्का परीवार । जनयुद्धमा होमीएको २२ बर्षीया छोरो गुमाएपछी खड्का दम्पतीका आँखा ओभाएका छैनन् । तत्कालीन जनयुद्धका सिपाही हुन् राजकुमार खड्काको हत्यापछी उनीहरु भावविह्ल अवस्थामा छन् । तेह्रथुमको ओख्रेमा जन्मीएका राजकुमार खड्का तत्कालीन जनयुद्धका लडाकु हुन् ।

२०५६ साल देखीनै नेकपा माले मार्फत कम्युनिष्ट आन्दोलनमा होमीएका उनको २०६० सालमा हत्या भएको थियो । बाल्यकालमै बारम्बार पक्राउ पर्ने गरेका थिए राजकुमार । १५ बर्षको उमेरमै उनी क्रान्तीकारी देखिन्थे । पछी मालेले केही गर्न सकेन भन्दै माओबादी आन्दोलनमा होमीए । आफुलाई छोराको चिन्ता भएपछी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना गराएको आमा नेत्रमाया खड्काको भनाई छ । तर राजनीति गर्न नपाए पछि उनी बिरामी पर्न थाले । त्यसपछी पुनः घर फर्कीए राजकुमार ।

mid-page-add-from-magh-25 1

गरीब र धनी बिचमा बिभेदको खाडल रहेकोले सबै समान हुनुपर्छ भन्दै आन्दोलनमा होमीएका थिए उनी । हरेक समय कम्युनिष्ट आन्दोलनका पुस्तक अध्ययन गर्ने गर्थे राजकुमार ।

आमा नेत्रमाया छोराको सम्झनामा भावुक हुँदै सुनाउँछिन् । ‘म देश र जनताको लागी लडेको हुँ भन्ने गथ्र्यो । म सहिद भएँ भने पनि म कहील्यै मर्दिन मेरो नाम स्वर्ण अक्षरमा लेखिन्छ भन्थ्यो । तर खै कहाँ लेखीएको छ मैले देखेको छैन ।’ खड्का परीवारले अझै छोराको काज किरीया गरेको छैन । पार्टीले काजकिरीया गर्न दिएको छैन ।

अहीले राजकुमारको हत्या भएको १५ बर्ष पुरा भएको छ । त्यसबेला उनलाई नेपाली सेनाले घरैबाट पक्राउ गरेको थियो । आमा नेत्रमायाका अनुसार उनी त्यसदिन घरैमा थिए । जाडो महिना थियो । नेपाली सेनाले सानो काम पर्यो भन्दै बोलाएर लगेको थियो ।

‘मैले कहाँ लगेको भन्दै उनीहरुलाई पच्छ्याउन थाले । बाटोमा बन्दुकको कुजाले हान्दै मलाई फर्काउन खोजे । मैले मानीन उनीहरुलाई पच्छ्याउँदै शुक्रबारे बजार सम्म आएँ । छोरालाई एउटा घरमा लगेर राखेका थिए । म पनि नजीकैको अर्को घरमा बसे । राती त्यो घरबाट निकालेको देखे । मैले पच्छ्याउन सकिँन । त्यही नै मेरो छोरा संगको अन्तीम भेट थियो ।’ आखाँभरी आसु पार्दै उनले सुनाइन् ।

‘त्यसपछी म सिधुवा गएँ । सिधुवामा तीन दिन बसे । हिले आएर दुई दिन बसेँ ।,’ उनले भनीन् , ‘त्यहाँको नेपाली सेनालाई छोराको बारेमा सोधे । तर उनीहरुले तपाईको छोरा तेह्रथुम नै लगेको छ भने । म तेह्रथुम फर्कीए ।’ घर पुगेर आफु ३ बर्ष सम्म बेहोसी अवस्थामै बसेको उनी सुनाउँछिन् ।

त्यस्तो अवस्था भोगेर आजका दिन सम्म आइपुग्दा पनि कसैले वास्ता नगरेकोमा उनी दुखित् देखिन्छिन् । ‘म यो पार्टीमा कहिल्यै मर्दीन भन्र्ने गथ्र्यो । अरु साथीभाई पार्टी आएर तपाईहरुको हेरचाह गर्छन् भन्थ्यो तर अहीले सम्म कोही पनि आएका छैनन् ।,’ उनी भन्छिन् ।

52263856_435328890560097_1609099077855739904_n
पछि शान्ती समितीले बोलाएर कहिलेकाही सम्मान गर्ने गरेपनि अहिले कसैले वास्ता नगरेको खड्का परीवारको गुनासो छ । ‘छोरो मर्दीन भन्थ्यो । साच्चै हो रैछ जस्तो लाग्थ्यो ।,’ उनी भन्छिन् , ‘अहिले माओबादीको नाम लिएर चरो मुसोपनि आउँदैन । मेरो छोरो म एक जना मरेभने सम्पुर्ण जनताले राहत पाउँछन् भने म मर्न तयार छु भन्थ्यो ।’’

अहिले प्रचण्ड नेतृत्वको पार्टीले धेरै वेवास्ता गरेको नेत्रकुमारी बताउँछिन् । बरु बिप्लवले कहिलकाही बोलाउने र सम्मान गर्ने गरेको उनको भनाई छ । केही बर्ष अगाडी प्रचण्ड नेतृत्वको पार्टीका नेता हिमाल सुवेदीले मोहन बैधले पार्टी बिगारीरहेको र यदी कसैले पैसाका लोभले तपाईहरुलाई यताउता गर्न खोज्यो भने ढलपल नगर्नु भनेको उनी सम्झन्छीन् । त्यसपछी आफुले यस्तो कुरा गरेर हाम्रा छोराहरु र सम्पुर्ण सहिदहरु प्रति अपमान गरेको भन्दै भनेको र त्यसपछी प्रचण्ड नेतृत्वको पार्टीले आफुहरु प्रति अपमान गरीरहेको उनको बुझाईछ ।

52188140_1586004601533141_4787721519411232768_n

त्यसको केही अगाडी मोहन बैध नेतृत्वको माओबादीबाट उनीहरु सम्मानीत भएका थिए । बैध समुहमा प्रवेश गर्ने डरले प्रचण्ड नेतृत्वको पार्टीले आफुहरुलाई बोलाएको उनको भनाई छ ।

आफुहरु जस्तै १७ हजार परीवारमाथी अन्याय भइरहेको उनीहरुको गुनासो छ । प्रचण्डले १७ हजार सहिद परीवारप्रति वेवस्ता गरेको उनीहरुको बुझाई छ । हजारौ युवाहरुलाई देशको लागि वलिदान दिन तयार पारेर स्वार्थ पुरा गर्न खोजेको खड्का परीवार बताउँछन् ।