इटहरीः नेपालमा वामपन्थी विचार बोक्ने स्रष्टाहरूको साझा साहित्यिक मोर्चा प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरीमा पुनः रामप्रसाद खरेल चयन भएका छन् । आज इटहरी ५ पचरुखीमा रहेको जनजागरण पुस्तकालयको हलमा भएको आठौँ जिल्ला अधिवेशनबाट खरेल सर्वम्मत अध्यक्ष भएका हुन । सातौँ अधिवेशनबाट पहिलोपटक प्रलेस सुनसरी अध्यक्ष भएका खरेल पुनः अध्यक्ष भएका हुन ।

तेह्र सदस्य प्रलेस सुनसरी जिल्ला कार्यसमितिमा उपाध्यक्ष अम्बिका राई चयन भएकी छिन भने सचिव आलोक खनाल भएका छन् । यस्तैगरि, सहसचिव र कोषाध्यक्षमा क्रमशः टीका मिलन र विमला पोखरेल सर्वसम्मत चयन भएका छन् । छ जना सदस्यहरूमा क्रमशः खगेन्द्रप्रसाद भण्डारी, अर्जुन भण्डारी (अरुण एसियन), हर्कराज चमत्कार, गङ्गाराज गिरी, कृष्णप्रसाद नेपाल, सिएन गौतम, सरस्वती न्यौपाने र अर्जुन दाहाल रहेका छन् ।

अधिवेशनमा प्रलेसकि केन्द्रीय उपाध्यक्ष तथा चर्चित कवि तथा समालोचक मिश्र बैजयन्तीको प्रमुख अतिथि रहेकी थिइन । विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य निर्मल बराल रहेका थिए भने अतिथिमा नेकपा सुनसरी नेता राम्रप्रसाद चौलागाइ लगायत रहेका थिए ।

PRALESA SUNSARI pradeshportal.com