विराटनगरः मोरङको ग्रामथान–२ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् ।
सहकारीका सदस्यलाई १५ प्रतिशत सहुलियत उपलब्ध गराउने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको हो । नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा र सहकारीका अध्यक्ष उमा घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ ।
सो सहकारीमा ९ सय भन्दा बढी सदस्य आवबद्ध छन् । यसअघि झापाको सहारा नेपाल र नोबेल अस्पतालबीच पनि उपचार सहुलियत सम्झौता भएको अस्पतालले जनाएको छ ।