काकरभिट्टाः नेपालले राजनीतिक भन्दा पर्यावरण र वातावरणका क्षेत्रमा विश्व नेता बन्न सजिलो हुने नेपाल भारत प्रबुद्ध समूहका भारतीय सदस्य महेन्द्र पी लामाले बताए ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसरसमेत रहेका लामाले नेपालले हिमालय, मौसम परिवर्तनदेखि जडीबुटी क्षेत्रमा विश्वको नेता बन्न सक्ने बताए । उनले भने, ‘नेपालले राजनीतिक मुद्दामा भन्दा वातावरणका मुद्दामा काम गरे नेपाल जत्तिको कुरा अन्य देशसँग छैन ।’
काकरभिट्टामा आजबाट शुरु कला साहित्य उत्सवमा ‘भूराजनीतिक चिन्तन’ विषयमा बोल्दै लामाले नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन बनेको र चाँडै दुवै देशका सरकार प्रमुखलाई बुझाउने बताए ।
प्रबुद्ध समूहको प्रतिवेदनमा सन् १९५० को सन्धि पुनरावलोकनका मात्रै कुरा नभएर नेपाल भारत सम्बन्धका धेरै आयाम भएको बताए ।