माउन्ट कुलरलाई देख्दा आफ्नै सगरमाथाको याद आउँछ
मेलबर्नको हरियाली र पार्क देख्दा आफ्नै डाँडाकाँडा र मैदानको याद आउँछ
सांस्कृतिक कार्यक्रममा नाचेको देख्दा आफ्नै दिदीबहिनीको याद आउँछ
नर्स पढेँ, मोटोपनको रोगले ह्वील चेयरमा बसेको बिरामी देख्दा
भूकम्पपीडित सयौं दिनका भोका आमाहरूले पेट कसेको पटुकीको याद आउँछ
बाल अधिकारको गोष्ठीको कुरा सुन्दा
पल्लो घरमा काम गर्न बसेका बच्चाहरुको याद आउँछ
त्यसैले आफ्नो पेशामा पोख्त भएपछि उनैको सेवामा समर्पित हुने सपना देख्दै म
नेपाली आमाको असीम ममतामा हुर्किएकी छोरी म
विकसित देश अष्ट्रेलियाबाट स्वास्थ्यकर्मीको धेरै अनुभव बटुलेर
आमा तिमीलाई सेवा दिन आफ्नै मातृभूमि फर्कनेछु
तिम्रा धेरै अधुरा सपना पूरा गर्नेछु
आमा एक दिन म जरुर फर्कनेछु ।