बेलबारीः बेलबारी १ निवासी क्यान्सरपीडित विष्णुमाया धिमाल नेपाललाई बेलबारीका स्थानीय बासिन्दाले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

विगत २ वर्षदेखि पेटको क्यान्सरका कारण पीडित विष्णुमायाको आर्थिक अवस्था नाजुक भएर उपचार खर्च अभाव हुन थालेपछि स्थानीयले उपचारका लागि आर्थिक सङ्कलन गरेर सहयोग गरेका छन् । सोमबार बेलबारी–३ निवासी सञ्जय सुवेदीले १० हजार तथा उनका छिमेकीले २० हजार ५५ रुपैयाँ सहयोग गरेका छन् । पीडितको घरमै पुगेर सहयोग गरेको बताइएको छ ।