धनकुटाः रामनवमीको अवसर पारेर धनकुटाको हिलेमा भएको दोस्रो खाना महोत्सवमा रामनवमीको दिन चैत ३० गते र नयाँ वर्षको दिन बैशाख १ गते सोचेजति रौनक आउन सकेको थिएन ।
कार्यक्रमको पहिलो साँझ झापाको दमकस्थित गन्धर्व ब्याण्ड र स्थानीय कलाकारको प्रस्तुत थियो । दास्रो साँझमा लोक दोहोरी गायिका अञ्जु भट्टराईको प्रस्तुति सहित लोप हँुदै गएको बालुन नाच प्रस्तुत भए पनि खासै रौनक आउन सकेको थिएन ।

त्यसमाथि पटकपटक भएको वर्षाले महोत्सवलाई असर गरिरहेको थियो । तेस्रो दिन पनि शुरुमा गायिका अञ्जु गौतमको प्रस्तुति रहेको थियो । अलिअलि गर्दै दर्शक आउने क्रम जारी थियो । साँझ साढे ८ बजे कार्यक्रमको माहोल पूरै परिवर्तन भइसकेको थियो । २ दिनसम्म आउन नसकेको माहोल सोमबार भने पूरै आएको थियो । हजारौँ हिलेवासी कार्यक्रममा आएका थिए । जब स्टेजमा पुराना गायक शम्भु राईको प्रवेश भयो त्यसपछि दर्शकको झन् ओइरिए ।

Untitled.png1

शुरुमा शम्भु राईले ‘चिठी तिमीलाई लेखौँ भन्छु ...’ भन्ने गीत गाएका थिए । दर्शक थपिने क्रम जारी थियो । उनले दोस्रो गीत ‘थुन्चेको भारी बिसाउँदै ...’ गाउँदा महोल पुरै तातिसकेको थियो । दर्शकले स्वरमा स्वर मिलाउँदै साथ दिइरहेका थिए । उनले तेस्रो गीत ‘हिउँजस्तै गोरी ...’ गाएका थिए । ३ वटा गीत मात्र गाउने भन्दै स्टेजमा आएका राईले अन्य गीत नगाई सुखै पाएनन् । उनले चौथो नम्बरमा ‘चलेछ बतास सुस्तरी...’ बोलको गीत गाए । यो गीतमा उनलाई दर्शकले स्वरमा स्वर मात्र थपेर साथ दिएनन् नाचेरै साथ दिएका थिए ।

Untitled

यसै बीचमा ‘घर त हिले हो ...’ भन्ने गीत गाउन धरै माग भइरहेको थियो । भूमिका जोड्दै राईले साङ्गीतिक कार्यक्रमकै लागि २ वर्षको लागि अमेरिका गाएको तर गाउँघरको मायाले ३ महिनामै रुँदै फर्किएको र त्यही गाउँघरको मायाले गर्दा ‘घर त हिले हो ...’ भन्ने गीत गाएको समेत उनले सुनाए । अनी शुरु भयो ‘घर त हिले हो, चाहिँदैन सम्पत्ति दिल मिले भो...।’

अन्य गीतमा ननाचेका सबै अतिथि मञ्चमै उठेर नाच्न थाले । यो गीत गाउँदासम्म शम्भु राईको गीतमा नझुम्ने कोही थिएनन् । यो गीतको माग यतिसम्म भयो कि अन्त्यमा समेत उनले यो गीत दोहोर्याएर नगाई सुखै पाएनन् । कार्यक्रममा ३–४ बटा मात्र गित गाउने भनेर छिरेका राईले अन्ततः एक दर्जन गीत गाए । धनकुटाकै चुङमाङ जन्मघर भएका राई सदावहार आधुनिक गीतका लोकप्रिय गायक हुन् ।

Untitled.png3