धरानः अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपालकै प्रतिष्ठित व्यापारिक संस्था वराह ग्रुप (वराह ज्वेलरी इन्ड्रष्ट्रिज प्रालिले प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आजदेखि आफ्नो शाखा सञ्चालनमा ल्याउने भएको छ ।

यसै विषयमा वराह ग्रुपका धरान शाखा प्रमुख मानबहादुर बिकसँग गरिएको कुराकानीः

वराह ग्रुपले भेडेटारमा शाखा खोल्न किन आवश्यक ठान्यो ?
वराहप्रति विश्वास गर्ने ग्राहकहरू धेरै हुनुहुन्छ । भेडेटार र आसपासका क्षेत्रबाट धेरै ग्राहकहरू सामान तथा ज्वेलरी खरीद गर्न धरान आउनुहुन्छ । निकै पहिलेदेखि नै उहाँहरूले भेडेटारमा पनि शाखा कार्यालय खोल्न आग्रह गर्नुभएको थियो ।

त्यसका साथै नेपालकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा पर्यटकहरू आउँदा सपिङ गर्ने स्तरीय ठाउँ पनि नभएकाले यो ठाउमा हाम्रो शाखाको आवश्यकता महसुस गरेर शाखा खोलेका हौँ ।

यहाँबाट ग्राहक तथा भेडेटारबासीले के के सेवा पाउनुहुन्छ ?
यहाँबाट वराह ग्रुपले सञ्चालन गरेको ज्वेलरी सप र डिपार्टमेन्टका सेवाहरू ग्राहकहरूले पाउनुहुन्छ । हामीले धरानमा ज्वेलरी र डिमार्टमेन्टमा दिँदै आएका सेवाहरू सोही गुणस्तर र रेटमा भेडेटारमा दिने छौ ।

वराहलाई त यहाँहरूले विश्वासको प्रतीक भनेर प्रमोट गर्दै हुनुहुन्छ नि ?
हो, हामीले वराहलाई विश्वासको प्रतीककै रूपमा मानेका छाँै र त्यो विश्वास कमाएका पनि छाँै । वराहले सञ्चालन गरेका विभिन्न व्यवसाय र सेवाहरू लिने ग्राहकहरूको गहिरो विश्वास र निरन्तरको सहयोगका कारण हामीले विश्वासको प्रतीक भनेर वराहलाई अगाडि सारेका छौँ ।

मान्छेका सामान्य दैनिकीदेखि ठूला सपनासम्म पूरा गर्न वराहले सफलता पाइरहेकाले पनि हामीले वराह नै विश्वासको प्रतीक हो भन्दै आएका हौँ ।