आला घाउहरू छन् र खतहरू छन् ।
जति हिँडे पनि नपुग्ने पथहरू छन् ।

होलान् तिमीसँग सुनौला सपनाहरू,
मसँग त तिमी सम्झने लतहरू छन् ।

आँशु सकाउँदैमा युद्ध जित्या नसम्झ,
तिमीलाई डुबाउन रगतहरू छन् ।

गर्दै जाऊ अपराध नथाकुन्जेल तिमी,
सफाई दिन तयार अदालतहरू छन् ।