विराटनगर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओलीसँगको सम्बन्ध थप प्रगाढ भएको टिप्पणी गरेका छन् । विराटनगर एयरपोर्टमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँगको सम्बन्ध अतिरञ्जनापुर्ण प्रचारले नबिगार्ने ठोकुवा गरे ।
प्रचण्डले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगर्न र आरोप प्रत्यारोपमा नउत्रनसमेत आग्रह गरेका छन् । ‘मैले भनेको कुरा नौलो कुरा नभई सहमति भएको विषय र पहिले नै सार्वजनिक भएको विषय बोलिएको थियो ।’ उनले भने ।
आफूले बोलेको विषयमा प्रधानमन्त्री तथा केपी शर्मा ओलीले दिल्लीमा दिएको अभिव्यक्ति प्रतिकात्मक भएको प्रचण्डको भनाइ छ । पार्टी एकताको सन्दर्भमा भएका सहमतिको स्मरण मात्रै आफूले गरेको तर, बाहिर कोकोहोलो र प्रचार बाजी भएको उहाँको उनको तर्क थियो ।
‘आगामी महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने नहुने भन्ने विषय पार्टीले निर्णय गर्छ’ उनले भने– ‘पार्टी एकताको सन्दर्भमा भएका सहमति भने इमानदारीताका साथ पालना हुनेछ ।’
सम्बन्धित समाचारः