इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरूले लिन पाउने अधिकतम मासिक शुल्क निर्धारण गरेको छ । शनिवार उपमहानगरले गरेको पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले पहिलो पटक निजी विद्यालयले लिन पाउने अधिकतम शुल्क निर्धारण गरेको बताइन ।
उपमहानगरको शिक्षा समितिको २०७५ ज्येष्ठ ८ गतेको बसेको बैठकले निजी विद्यालयको शुल्क निर्धारण गरेको थियो । निर्णय अनुसार क वर्गीकरणमा परेका विद्यालयहरूले नर्सरीमा मासिक एक हजार आठ सय लिन पाउनेछन् । त्यसै गरी ख मा वर्गीकरण भएकाले एक हजार पाँच सय पचास, ग वर्गीकरणका ले अधिकतम एक हजार दुई सय मात्र लिन पाउनेछन् ।
नर्सरी भन्दा माथिको हकमा भने एक तह माथि ८ प्रतिशत भन्दा नबढ्ने गरी मात्र लिन पाउने व्यवस्था गरेको छ ।