इटहरी: पत्रकारमाथि धम्की दिने इटहरीका मेयर द्धारिकलाल चौधरीलाई बर्खास्त गर्नुपर्ने युवा सङ्घ नेपालका तत्कालीन उपाध्यक्ष परशुराम बस्नेतले माग गरेका छन् । आफूसँग जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मेयर चौधरीको उचित उपचार र विकल्पको बाटो रोज्नुपर्ने प्रदेश पोर्टललाई प्रतिक्रिया दिएका हुन् ।
प्रदेशपोर्टलकर्मी विराट अनुपमलाई बारम्बार ज्यान लिने सम्मको धम्की दिएका मेयर चौधरीले बस्नेतको समेत नाम जोडेका हुन् । उनले सुरक्षित भएर हिँड्नु भन्दै राजनीति गर्ने मान्छेले जे पनि गर्न सक्ने भनि धम्की दिएका थिए । उनले सुपारी समेत दिएको उल्लेख गर्दै जोगिन भनेका हुन् ।
आफ्नो नाम जोडिसकेपछि नेकपा मोरङ जिल्ला कमिटी सदस्य समेत रहेका बस्नेतले स्पष्टोक्ती दिँदै भनेका छन्– ‘४ वर्ष देखि कुनै साइनो सम्बन्ध नभएको व्यक्तिले कसैप्रति लक्षित गर्दै आफूलाई जोडेको हुँदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो व्यक्तिलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्छ ।
’बस्नेतले सामाजिक सञ्जालमा आएजति व्यवहार कुनै सर्वसाधारणले गरेको भए यति बेला जेलमा पुगिसक्ने भन्दै मेयर भएर जे मन लाग्यो त्यही बोल्ने छुट नभएको टिप्पणी गरे । सार्वजनिक पदमा बसेको व्यक्तिले अरूको मान मर्दन हुने गरी बोल्नुले उनको स्वास्थ्य समस्या निम्तिएको बताएका छन् ।
‘यस बारे मैले माथिल्लो पार्टी कमिटीमा कुरा गरिसकेँ’ उनले भने – ‘पिएम कार्यालयमा पनि जानकारी गराएको छु , छाडा भएर हिँड्ने कसैलाई छुट छैन ।’
सम्बन्धित समाचारहरू
२.इटहरीका मेयरको पत्रकारलाई धम्की "तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु" (अडियाेसहित)