उर्लाबारीः मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन क्षेत्रको जग्गा भू–माफियाले कब्जा गरेको विषय प्रदेशसभा बैठकमा उठेको छ ।

संसदको शून्य समयमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले ‘हरियो वन नेपालको धन’ भएकाले भू–माफियाबाट बचाउनुपर्ने बताए । उर्लाबारी वडा नं. २ स्थित बेतिनी सामुदायिक वनभित्र पर्ने ६ बिघा जमिन भू माफियाको मिलोमतोमा स्थानीयले आफ्नो नाममा बनाएको भन्दै त्यसको छानबिन गर्न उनले माग गरे ।