धनकुुटाः गत मङ्सिर ८ गते धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषित गरेपछि त्यसको सकारात्मक प्रभाव पर्न थालेको छ । घिउफलको रूपमा परिचित एभोकाडोको माग चुलिएसँगै विश्व बजारमा यसको महत्त्व झनझन बढ्न थालेको हो ।
नगरले उत्सवको रूपमा लिँदै फल र बिरुवाको प्रचार प्रसार र प्रवर्द्धन गरिदिएपछि किसानको बारीमै त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । अहिले धनकुटाका किसानका नर्सरीले पाल्पादेखि पोखरा सम्मको माग धानिरहेका छन् ।

यो एभोकाडोको बिरुवा रोप्ने उपयुक्त मौसम भएको हुँदा बिरुवाको माग ह्वात्तै बढेको स्थानीय ज्योति पोख्रेलले जानकारी दिए ।
धनकुटा क्षेत्रका दर्जन बढी किसानले एक हजार देखि बिस हजार सम्मका एभोकाडोको बिरुवा तयार पारेका छन् । जात जातको बिरुवा मागभएसँगै उत्पादन भने जति गर्न नसकेको स्थानीयको भनाइ छ ।

vlcsnap-2019-06-29-15h21m38s025
मेयर कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत पाँच वर्षे योजना बनाएर धनकुटामा एभोकाडो अभियान नै सञ्चालन थालिएको छ । कृषि विज्ञहरूको सल्लाहलाई व्यवहारमा उतार्दै प्रत्यक्ष किसानको आर्थिक जीवन उकास्न लागि परेको छ । नगरले आफैँले छुट्टै नर्सरी राखी एभोकाडोको बिरुवासमेत सहुलियतमा वितरण गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

vlcsnap-2019-06-29-15h29m28s341
समुन्द्री सहत देखि १२ मिटर सम्मको उचाइमा राम्रोसँग हुने एभोकाडोेले धनकुटाको माटो र हावापानीमा गुणस्तरीय उत्पादन दिने एभोकाडो फलको अध्ययन गरेका कृषि अध्येता जीवनकुमार राईले सुझाएका थिए । यसको आम्दानीले किसानको जीवन स्तर उकास्न सकिने अध्ययनपछि बनेको योजनाले अहिले सार्थक रूप लिँदै गरेको नगरपालिका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए ।

vlcsnap-2019-06-29-15h29m52s915
बिरुवा रापेको ३ वर्षमा फल्न सुरु गर्ने एभोकाडोको बजार माग अत्यधिक छ । नेपाली उपभोक्तामा भर्खरै परिचित यो फल नेपालमै पहिलो पटक धनकुटाको पाख्रिवास कृषि अनुसन्धान केन्द्रमा रोपिएको थियो । ब्रिटिस कृषि वैज्ञानिकले खाएको फललाई आश्चर्य मान्दै त्यहाँ काम गर्ने कर्मचारीले यसको विस्तार गरेको अध्ययनले देखाएको छ ।

vlcsnap-2019-06-29-15h21m57s398
यसको अन्तर्राष्ट्रिय महत्त्व बुझेसँगै अहिले किसानले एभोकाडोको खेती विस्तार गर्न थालेका हुन् भने नगरले किसानका लागि सहयोगी भूमिका खेल्न थालेको हो । धनकुटा नगरपालिकाले उपयुक्त बिरुवा प्रदान गर्दै उत्पादित फलको बजारका लागि समेत ग्यारेन्टी गरिदिएपछि एभोकाडो खेतीप्रति किसान आकर्षित भएका छन् भने फल तथा बिरुवा बेचेर मनग्ये आम्दानी गर्न थालेका छन् ।

सम्बन्धित समाचारः

१. जहाँ पसलैपिच्छे एभोकाडोको बिरुवा बेच्न राखिन्छ