धनकुटाः मदन चौक धनकुटाको मुटु हो । विभिन्न व्यवस्था विरोधी आन्दोलनमा यही ठाउँमा ठुला ठुला भाषण भए । आन्दोलनकारी र राज्य व्यवस्था समर्थकलाई चिया खुवाउने नजिकको होटेलमा अहिले समृद्धिको टेके लाग्ने स साना बिरुवा भेटिन्छन्, अर्थात् एभोकाडो ।
धनकुटा सरकारले एभोकाडोको राजधानी घोषणा गरेपछि यसको मूल्य ह्वात्तै बढ्यो । बटुवा देखि चिया पिउन आउनेले समेत एभोकाडोको बिरुवा मगाउन थालेपछि पसल सञ्चालकले नर्सरीबाट बिरुवा ल्याउन थालेका हुन् । उनले नर्सरीबाट १ सय २० देखि ३० सम्ममा बिरुवा ल्याउँछन् । बिक्री मुल्य भने १ सय ५० सम्म राखिएको छ ।
‘पसलका अन्य सामान झैँ एभोकाडोको बिरुवा सहज बिक्री हुन्छन् ।’ पसलले भने ‘यो बिरुवा रोप्ने सिजन हो, अनि माग पनि बढेको बढ्यौ छ ।’ उनको छेउमा रहेको अर्को पसलका सञ्चालकले पनि यो पटक देखि एभोकाडोको माग आकासिएको सुनाए । यसलमा अन्य सामान झैँ यसको माग हुन थाले पनि बेच्न सटर छेउ राखिएको जानकारी दिए ।

avocado-mhotsab-3
धनकुटा नगरपालिकाले गत मङ्सिर ८ गते एभोकाडोको राजधानी घोषणा गरेको थियो ।  २०७५ वैशाख देखि नै नगरका १० ओटै वडामा मेयर कृषि पर्यटन कार्यक्रम सञ्चालन गरिएको थियो । जसका लागि वडा वडामा एभोकाडो खेतीप्रतिको जनताको आकर्षणलाई अनुसन्धान गरिएको थियो ।

avocado-mhotsab-7
उपयुक्त हावापानी, जनताको आकर्षणलाई मध्यनजर गरेर नगरले ५ वर्षको योजना बनाएका थियो । जसमा ५ वर्ष भित्र एभोकाडोको फल बेचेर जनताले करोडौँ मुनाफा लिन सक्ने यकिन भएपछि एभोकाडोलाई उत्सवका रूपमा मनाइएको मेयर चिन्तन तामाङले बताएका थिए ।

Abocado-Dhankuta-Pradeshportal (1)
धनकुटा नगरपालिकाले कृषकलाइ सहुलियतमा विरूवा दिन राखिएकाे एभाेकाडाेकाे नर्सरी

उनले यसको बिरुवा रोप्न चाहने जनतालाई नगरले सहुलियतमा प्रदान गर्ने घोषणा गरेका थिए । जसअनुरुप अहिले नगरले ६ हजार बढी बिरुवा उत्पादन गरेको छ । अन्य निजी नर्सरी केन्द्रको समन्वयमा समेत एभोकाडोको विरुवाट लिएर कृषकलाई सहुलियतमा बाँडेको छ ।

a avcado-mahotsab-dhankuta

सम्बन्धित समाचाहरूः

१. यस्तो हुँदैछ धनकुटामा एसियाकै पहिलो एभोकाडो महोत्सव

२. धनकुटालाई एभोकाडोको राजधानी बनाइने