दुखियाहरु सँग कोट हुँदैन भन्ने कहाँ छ र ?
कोट लाउने सबैको चोट हुँदैन भन्ने कहा छ र र?
महलमा पनि असन्तुष्टिका पहाडहरु भेटिन्छन ।
च्यातिएको गोजिमा नोट हुँदैन भन्ने कहा छ र ?
प्राय बजारमा फूलका हाँगा र थुङ्गा मात्र बेच्छन
सधै त्यस्तै देख्दैमा बोट हुँदैन भन्ने कहाँ छ र र?
जुत्ता जुत्ता नै हो सधै धर्तिलाई नै कुल्चिनु पर्छ
मुल्य महङ्गो हुदैमा खोट हुँदैन भन्ने कहा छ र ?
आधा खुट्टा मात्र गुमेको हो यो मन गुमेको छैन
अपाङ्गको लक्ष्य र अठोट हुँदैन भन्ने कहा छ र र?