विराटनगरः प्रदेश एक संसद भवनमा ढलको पानी छिरेका कारण गत साउन ८ गतेको संसद बैठक स्थगित भएको थियो । तत्काल कार्य व्यवस्था समितिको बैठक बसेर साउन १९ गतेका लागि अर्को बैठक डाक्न सचिवलाइ निर्देशन दिएकाे थियाे ।


पुरानो भवन भएको हुँदा अग्ला सडकका भागबाट सिधै संसद् बैठक बस्ने कक्षमा पानी छिर्ने गरेको छ । यसलाई व्यवस्थित पार्न दु्रतगतिमा काम भइरहेको संसद् संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रदेश एकका प्रदेश सभा सचिव गोपाल प्रसार पराजुलीले समस्या तत्काल समाधानका लागि पहल थालिएको बताए । ‘आउँदो बैठकमा कुनै समस्या हुँदैन’ उनले भने ‘प्रविधिकले उचित नापजाचमा काम गरेका छन्, अब पानी छिर्ने समस्या हट्छ ।’

जिल्ला समन्वय समितिले उक्त भवन प्रदेश सभालाई उपयाेगका लागि दिएको थियो । पुरानो भवन भएको हुँदा उचित ढलको निकास हुन सकेको छैन । भवनको भुइँ तलामै संसद् बैठक कक्ष रहेको हुँदा सानो पानी छिरे मात्र पनि बैठक अवरुद्ध भइहाल्छ ।

Untitled


पछिल्लो समय बनेका सडक समेत निकै उच्च भएको हुँदा विराटनगरका पुराना घरहरूमा ढल पस्ने समस्या यथावत् छ । जसको मारमा प्रदेश सभाको भवन हुने गरेको छ ।
आगामी साउन १९ गते बस्ने बैठकका लागि समस्या ननिम्तिने सचिव पराजुलीको दाबी छ । यद्यपि ठुलो वर्षात भएको खण्डमा भने प्रदेश सभा भवनलाई जोगाउन मुस्किल पर्ने देखिन्छ ।