इटहरीः सावन १४ गते जनता बहुमुखी क्याम्पसको १३ सदस्य व्यवस्थापन समितिको चुनावमा उठेका स्वतन्त्र उम्मेदवार हेमसागर तिम्सिनाको प्रचार सेयर गर्ने नेकपा नेतालाई नेकपाले स्पष्टीकरण सोधेको छ ।

व्यवस्थापन समिति चुनावमा आफूले ५ र काङ्ग्रेसलाई ८ सदस्य दिएर भागबन्डा गरेको नेकपा इटहरीले स्वतन्त्र उम्मेदवार तिम्सिनाको प्रचार गर्ने मिलन बास्तोलालाई स्पष्टीकरण सोधेको छ । पूर्व माओवादीबाटै सँगै काम गरेका साथी तिम्सिनाको चुनावी पोस्टर सेयर गर्दै बास्तोलाले लेखेका थिए, ‘हिजोका सहयोद्धालाइ दुस्मन देख्ने शत्रुलाई मित्र देख्ने दलाललाई बाइबाई, हेमसागर तिम्सिना हाइहाइ ।’

nekapaa itahari committee pradeshportal.com

बास्तोलाले १२ गते उक्त पोस्ट गरेका थिए । पोस्ट गरेको भोलिपल्टै नेकपा इटहरीका अध्यक्षले पत्र काट्दै लेखेका छन्, ‘तपाँइलाइ उपमहानगर कमिटी सदस्य र २ नम्बर वडाको सहइन्चार्जको रूपमा दिइएको जिम्मेवारी किन  मुक्त नगर्ने?’ उपमहानगर कमिटीको सचिवालय सदस्य समेत रहेका व्यक्तिले सामाजिक सञ्जालमा जथाभाबी लेख्न र बोल्न मिल्छ भन्दै अध्यक्ष तामाङले पत्रमा प्रश्न समेत गरेका छन् ।

स्पष्टीकरण सोधिएका बास्तोलाले भने स्पष्टीकरण पत्र सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘किन स्पष्टीकरण तिम्रो कहीँ नभएको हाडिजात्रा पार्टीबाट हटाइदिए भइगयो नि ।’

hem sagar timsina nekapaa itahari pradeshportal.com

यता, नेकपा अध्यक्ष तामाङले भने कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तामाङलाई यस विषयमा प्रदेशपोर्टलले फोन गर्दा उनले फोन उठाएनन् । नेकपा इटहरी अध्यक्ष बहादुर सिंह तामाङ, हेमसागर तिम्सिना र बास्तोला सबै पूर्व माओवादी केन्द्रका हुन ।