इटहरीः मौसम र भूगोलको हिसाबमा धरान र भेडेटारको समदुरीमा पर्छ केराबारी गाउँपालिका । तराईदेखि पहाडी भूभाग समेटिएको विकसित जिल्ला मोरङको अविकसित गाउँपालिका हो केराबारी । धनकुटा र सुनसरीको सिमानामा पर्ने केराबारी गाउँपालिकाको अधिकांश पहाडी गाउँमा बाटो र बिजुली पुग्न सकेको छैन ।

तर पनि गाउँपालिका अध्यक्ष रोहित कार्की केराबारी केही वर्षमा मोरङको गर्व गर्नलायक क्षेत्र बन्नेमा विश्वस्त छन् । पूर्वको महत्वपूर्ण पर्यटकीय नगरी मानिन्छ धरान । त्योसँगै कोशी राजमार्गमा पर्ने भेडेटार झनै आकर्षक र लोकप्रिय पर्यटकीयक्षेत्रहो । हिउँदमा घाम लाग्ने र गर्मीमा चिसो हुने भएकैले भेडेटार कोशी करिडोरको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । तर अबको ३ देखि ५ वर्षभित्रमा भेडेटार र धरानको पर्यटकीय विकल्पको रूपमा केराबारी विकसित हुने कार्कीको भनाइछ ।

भेडेटारकै उचाइमा रहेको केराबारीको पाटीगाउँ र सिंहदेवी अब नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष कार्की बताउँछन् । त्यसको लागि व्यापक अध्ययन गरी डीपीआर बनाउने काम थालिसकिएको उनको भनाइछ । अबको ३ वर्षभित्रमा धरान र भेडेटारकै विकल्पको रूपमा केराबारी परिचित हुने उनको बुझाइछ ।

kerabari-pradeshportal.com

धरानकै भौगोलिक क्षेत्रसँग मिल्दोजुल्दो रहेको केराबारी बजारलाई व्यवस्थित र नमूना बजार बनाउने अभियान शुरु गरिएको उनी बताउँछन् । व्यवस्थित ढल निकास, फोहोरलाई मलखादमा प्रयोग गरी अर्गानिक कृषि उपज उत्पादन गर्ने लक्ष्य गाउँपालिकाले राखेकोछ ।
‘अर्गानिक गाउँपालिका बनाउने अभियान बजारदेखि गाउँसम्म शुरु भएको छ,’ कार्की भन्छन्, ‘अहिले बजारमा विषादी प्रयोगको कुरा आइरहेकोछ । तर हामी अर्गानिक उत्पादनमा जोड दिइरहेका छौँ । अब हाम्रो उत्पादनले बजार पाउनेमा विश्वस्त छौँ ।’
उनका अनुसारगाउँपालिकाले स्वरोजगार हुने खालका कार्यक्रम पनि सञ्चालन गरेकोछ । प्लम्बर, ड्राइभिङ, इलेक्ट्रिसियनलगायत सीपमूलक क्षेत्रमा युवालाई दक्ष बनाउने काम भइरहेकोछ ।

मोरङका १७ वटा पालिकामध्ये सबैभन्दा विकट पालिकामध्ये पर्छ केराबारी । तर विकटता भित्रको सुगमता खोतल्ने प्रयासमा आफूहरू लागिपरेको कार्की बताउँछन् ।
सबैभन्दा शुरुमा यातायातको पहुँच सबै वडा र गाउँसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइछ । एक वर्षभित्रमा सडकको पहुँच हरेक वडामा पुगिसक्नेमा उनी विश्वस्तछन् । सडक पु¥याउन सके बिजुली बिस्तार गर्न सकिने उनी बताउँछन् ।

वडा नम्बर २, ३, ४ र ५ का अधिकांश गाउँमा बिजुली पुग्न सकेको छैन । अहिले गाउँका मानिस पालिका कार्यालय आउन पनि २ जिल्ला भएर आउनुपर्छ । धनकुटा र सुनसरी हुँदै केराबारी आउनुपर्ने बाध्यता कायमैछ । यही समस्या हटाउन सिंहदेवीदेखि रामपुरसम्मको १३ किलोमिटर सडकको लागि टेण्डर भइसकेकोछ ।
उता, पाटीगाउँदेखि रामपुरसम्मको बाटो पनि स्तरोन्नति भइरहेको उनी बताउँछन् । रामपुरदेखि केराबारी बजारकालोपत्रे गर्नको लागि प्रक्रिया अघि बढिसकेको कार्कीको भनाइ छ ।

त्यस्तै, कृषि उपज उत्पादन बजारसम्म पु¥याउन गाह्रो परिरहेकोछ । वडादेखि गाउँपालिकासम्म सडकको पहुँच पु¥याउने काम थालेको उनी बताउँछन् । गाउँमा उत्पादित कृषी उपजलाई तराईको बजारसम्म ल्याउनको लागि सडक पहुँच पु¥याउन लागिपरेको उनी सुनाउँछन् ।
कृषिबाटनै गाउँपालिकाको समृद्धि हुने भएपछि कृषि औजार र उपकरण दिएर किसानलाई सहयोग गरिरहेको उनको भनाइछ । कृषि बीमादेखिकिसानलाई प्रोत्साहन गर्ने सबैखालका कार्यक्रम लागू गरिएको उनी बताउँछन् ।
धरान र भेडेटारमा गएका पर्यटकले बाहिर उत्पादित चामल र खाद्यान्न खानुपर्छ । तर अब केराबारीमा आउने पर्यटकले स्थानीय स्तरमा उत्पादित खाद्यान्नका परिकार खान पाउने व्यवस्था मिलाइने कार्कीको योजनाछ । व्यवस्थित होमस्टेमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम ल्याइने उनले सुनाए ।

२ वर्षभित्रमा वडादेखि गाउँपालिकासम्म सडकको पहुँच पुग्ने उनको भनाइ छ । कृषिमा ८० प्रतिशतसम्म बीमा रकम दिएर काम लगाइरहेको उनको भनाइ छ ।धान फल्नेदेखि अलैँची फल्नेसम्मको क्षेत्रलाई समेट्नुपर्ने भएकाले समानुपातिक विकासको अवधारणा अबलम्बन गर्दै गएको उनी सुनाउँछन् । यसले गर्दा अर्गानिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वासछ ।
वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठले बिजुली र गाडी पुगे गाउँको विकास आफैँ हुने बताए । आफ्नो वडामा केही पहाड र केही तराईकोभूभाग भएपनि अधिकांश स्थानमा बिजुली बल्न नसकेको उनले सुनाए ।

कृषि उपज उत्पादन धेरैहुने भए पनि बजार पाउन नसकेर समस्यामा परेको उनको भनाइछ । तर पनि पछिल्लो समय भइरहेको प्रयासले गाउँमा विकास र समृद्धिको नयाँ बाटो कोर्न सक्ने उनको बुझाइछ ।