इटहरीः कक्षा १२ को नजिता आइसक्यो । अब पढ्ने भनेको स्नातक तह हो । स्नातक तहमा इटहरीमा पढ्न लायक विभिन्न कलेजहरू छन् ।

कोसी कलेज, विश्व आदर्श कलेज, सुस्समा गोदावरी कलेज, कस्तुरी कलेज इटहरीका नामी निजी कलेजहरू हुन । यस्तैगरि, इटहरी नमुना कलेज, सिबी सगरमाथा कलेज पनि इटहरीका पछिल्लो समयमा चलेका कलेजहरू हुन । इटहरीको जनता बहुमुखी क्याम्पस इटटहरीको एक्लो सामुदायिक कलेज हो । यी सबै सात कलेजमा पढाइ हुने कतिपय विषयहरू मिल्छन् । जस्तै सबै कलेजहरूले बिबिएस पढाउँछन् ।

बिबिए पढाउने कलेजहरूमा कस्तुरी कलेज र इटहरी नमुना कलेज पढाइ हुन्छ । कम्प्युटर कोर्सहरूमा बिसिए पढाउने कलेजहरू पनि इटहरीमा एक भन्दा धेरै छन् । कोसी कलेज, विश्व आदर्श कलेज र इटहरी नमुना कलेजमा यो कोर्ष पढाइ हुन्छ ।

बिएसडुब्लुका कोर्ष इटहरी नमुना कलेज र जनता बहुमुखी क्याम्पसमा पढाइ हुन्छ । बिएका कक्षाहरू पनि निजी कलेजमा सिबी सगरमाथामा पढाइ हुन्छ भने सामुदायिकमा जनता बहुमुखी क्याम्पसमा पढाइ हुन्छ ।

यसरी समान विषयहरू पढाउने एक भन्दा धेरै कलेज भएको इटहरीमा केही कलेजहरू छन् । जसले इटहरीमा आफ्नो कलेजमा मात्रै निश्चित विषयहरू पढाउँछन् । यी हुन इटहरीमा आफूले मात्रै बेग्लै कोर्ष पढाउने तीन कलेजहरुः

१. इटहरी नमुना कलेज

इटहरी ८ गैसारमा रहेको इटहरी नमुना कलेज २०७० मा स्थापना भएको हो । इटहरी नमुना कलेजमा पढाइ हुने मौलिक विषय हो होटेल व्यवस्थापनकाको स्नातक तहको कोर्ष बिएचएम । यो कोर्ष इटहरीका अन्य निजी तथा सामुदायिक कलेजहरूमा पढाइ हुँदैन । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त बिएचएम पढाउने इटहरी नमु्ना कलेज मात्रै एक्लो कलेज भएकोले विद्यार्थीको अत्यन्तै धेरै भीम भएको कलेजका प्राचार्य धर्म न्यौपानेले बताए । न्यौपानेका अनुसार ३३ जनाको कोटा मात्रै भएको बिएचएम पढ्नेहरूले प्रवेश परीक्षा दिएर मात्रै पढ्न पाउँछन् ।

itahari namuna college pradeshportal.com

२. सुस्मा गोदावरी कलेज

इटहरी ९ को सुस्सा गोदावरी कलेजले २०६९ बाट बिएससि सिएसआइटी कक्षा सुरु गर्‍यो । कम्प्युटर विज्ञानको यो कोर्ष इटहरीका अन्य कलेजमा पढ्न पाइदैन । छत्तिस जनाको कोटा भएको बिएससि सिएसआइटी त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कम्प्युटर कोर्ष हो । कलेजका प्राचार्य बोधराज नेपाल विद्यार्थीलाई सबै शैक्षिक पूर्वाधार, जनशक्ति र अभ्यासयुक्त कलेजमा स्वरोजगारमुखि कोर्षहरुलाइ ध्यान दिइएको बताउँछन ।

susma godawari college pradeshportal.com

३. जनता बहुमुखी क्याम्पस

इटहरीको सबैभन्दा ठुलो सामुदायिक क्याम्पस हो जनता बहुमुखी क्याम्पस । २०४५ असार ३१ गते स्थापना भएको यो कलेजमा अन्त कतै पढाइ नहुने बिएडका कक्षाहरू सञ्चालित छन् । ४ हजार ५ सय विद्यार्थी भएको जनता बहुमुहि क्याम्पस बाहेक इटहरीका अरू कुनै निजी कलेजहरूमा बिएडका कक्षाहरू नहुने क्याम्पसको व्यवस्थापन समितिका नवनिर्वाचित सदस्य प्रमोद भट्टराई बताउँछन ।

janata multiple campus pradeshportal.com