बेलबारीः मोरङको लेटाङ नगरपालिका –३ स्थित त्रिशुली चोकमा करेन्ट लागेर १ जना किशोरको मृत्यु भएको छ ।

बिहीबार बिहान लेटाङ नगरपालिका–३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीको घरमा बसेका राईले मोबाइल चार्जमा राखेर गेम खेल्दा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।