इटहरीः पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेकपा बन्यो । नेकपाका जिल्ला, प्रदेश देखी केन्द्रीय कमिटीहरू बनेका छन् । जिल्ला, प्रदेश र केन्द्रका जम्बो कमिटीमा  नेताहरू सेटल भएका छन् । उनीहरू सेटल भएर पार्टी काममा सक्रिय छन् ।

नेकपामा जिम्मेवारविहीन पूर्व एमालेका सुनसरी सचिव र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष समेत भएका धरानका मोतिराज सुनुवार भने पत्रिका बाढ्छन । धरानको औजार प्रकाशन सहकारी संस्थाबाट प्रकाशित हुने औजार दैनिक बाढ्न धरानका चोकचोक गल्लीगल्ली पुग्छन् सुनुवार ।

भन्छन्, ‘म धरानका विभिन्न वडाका १५ सय घरमा पत्रिका बोकेर पुर्याउछु ।’ आफै अध्यक्ष भएको प्रकाशनको पत्रिका बाढ्दा आफूलाई गौरवबोध हुने सुनुवार बताउँछन् । स्थानियबासीसग दैनिक संवाद हुने, शारीरिक कसरत हुने र श्रम गर्ने बानी बस्ने भएकोले आफै पत्रिका बाढ्ने सुनुवार बताउँछन् ।

  पार्टीमा जिम्मेवारविहिन भएपछि पत्रिका बाढेको हो भन्ने प्रश्नमा सुनुवार भन्छन्, ‘पार्टीको सक्रिय जिम्मेवारीमा हुँदा दैनिक पत्रिका बाढ्न फुर्सत नहुन सक्छ । अहिले फुर्सत भएकोले पत्रिका बाढ्न सक्रिय छु ।’

motiraj sunuwar dharan aujar dainik pradeshportal.com

५५ बर्से सुनुवारलाई परिवार देखी प्रकाशनगृहका सबैले पत्रिका बाढ्ने बाहेकका काम गर्न भनेपनि बाढ्ने गरेको औजार दैनिकका प्रबन्ध निर्देशक दामोदर गुरगाँई बताउँछन् । उनी भन्छन्, ‘यातायात मजदुर, यातायात मजदुर नेता हुँदै जिल्ला पार्टी नेता हुनुभएको मोति सरमा श्रमगरौँ भन्ने भावनाले यो पत्रिका बाढ्ने कुरामा आत्मसन्तुष्टि भएको हुनुपर्छ ।’

विशेष बिराम र पारिवारिक व्यस्तता बाहेक सबै समय सुनुवारले पत्रिका बाढ्ने बताउँछन् प्रबन्ध निर्देशक गुरगाई वैशाख देखी निरन्तर पत्रिका बाढिरहेको बताउँछन् ।

पूर्व पञ्चलाई टिकट दिएको विरोध गरेपछि सुनुवार जिम्मेवारीबाट माइनस

२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा धरानबाट प्रत्यक्ष निर्वाचित सांसदको दाबा गरेका थिए सुनुवारले । धरानबाट सुनसरी पार्टीमा पदाधिकारी हुने एक्ला नेता र धरानमा पञ्चायत कालदेखि सक्रिय नेता भएकोले उमेद्वारमा दाबा गरेका थिए सुनुवारले । तर, टिकट पाए पंचायतकालमा पूर्व राज्य मन्त्री समेत भएका कृष्णकुमार राईले ।

कुनै बेला आफ्नै पार्टी दबाउने राजनीतिक पक्षधरका हर्ताकर्तालाई पार्टीले धरान जस्तो लालकिल्लाबाट टिकट दिएपछि सुनुवार असनतुष्ट बने । २०७० कार्त्तिक ११ गते भने उनको पञ्चायत काल देखिको पूर्व एमालेसँगको सम्बन्ध तोडे ।

उनले ११ गते धरानको होटेल एम्बासडरमा पत्रकार सम्मेलन गरेर पार्टीबाट अलग भएको बताए । तत्कालीन पार्टी नेतृत्वले दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा आफूलाई जानाजान माइनस गरेको बुझेर सुनुवारले पार्टीबाट अलग हुने निर्णय गरेको तत्कालीन पत्रकार सम्मेलनमा बताएका थिए । सुनुवार अलग भएको १० दिन पछि पार्टीका लालबाबु पण्डित लगायतका शीर्ष नेताहरूले सम्झाएर पुनः पार्टीमा ल्याएका थिए ।
एमाले सुनसरी सचिव हुँदा पार्टीबाट अलग भएका सुनुवारलाई पार्टीले पुनः आएपछि भने जिम्मेवार दिएन । गत स्थानीय चुनाव अगाडि भने कोसी अञ्चल सल्लाहकार बनाइएका थिए सुनुवार । स्थानीय चुनाव, प्रदेश तथा सङ्घको चुनाव सकियो । नेकपा बन्यो । तर, सुनुवारले जिम्मेवारी पाएका छैनन् ।

‘पार्टीमा कुनै साइनो नभएकाहरू पनि पछि जोडिएर आउँदा जिम्मेवारी पाएका छन् तर म जीवन नै पार्टीलाई दिएपनि दश दिने खटपट्टिकै कारण जिम्मेवारीबिहिन छु’, सुनुवार भन्छन्, ‘यसमा मलाइ धेरै गुनासो छैन पार्टी र नेताहरूले केही न केही त सोचेकै होलान् ।’