उर्लाबारी नगरपालिकाका नगरप्रमुख हुन्, खड्गबहादुर फागो । उर्लाबारी–५ निवासी फागो प्रदेश नं. १ मै कडा स्वभाव भएका नगरप्रमुखको रूपमा लिने गरिएको छ । नगरप्रमुख फागोले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै कसैलाई भ्रष्टाचार गर्न नदिने भन्दै आएका छन् । नगर प्रमुख फागोसँग पछिल्लो विषयवस्तुमा केन्द्रित भएर गरिएको कुराकानीः 

भर्खरै नगरसभा सम्पन्न भएको छ, के कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?
नगरसभाबाट हामीले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायतका पर्यावरणभित्र रहेर योजना ल्याएका छौं ।

विवादका बीच नगरसभा भयो, बहुमत सदस्यले विरोध जनाउनुभयो नि ?
स्थानीय सरकार हो यहाँनिर बहुमत र अल्पमत भन्ने कुरा रहँदैनन् । स्थानीय तहमा जुन पार्टी वा स्वतन्त्र रूपमा उठे पनि जनताबाट निर्वाचित भएपछि पक्षविपक्ष भन्ने हुँदैन । त्यो स्थानीय सरकारका प्रतिनिधि हुन् । बहुमत र अल्पमतको बारेमा प्रदेश सरकारले स्पष्ट रूपमा कार्यविधि पठाएको छ । प्रदेश र सङ्घीय संसदमा बहुमत, अल्पमत, पक्ष र विपक्ष भन्ने हुन्छ । तर, स्थानीय सरकारमा त्यो अवस्था रहँदैन । पहिलो बैठकमा ५१ प्रतिशत र दोस्रो बैठकमा एक तिहाई भए पनि कार्यपालिकाको बैठक र नगरसभा हुन सक्छ । विमतिका विषयमा नोट अफ डिसेन्टको अधिकार हुन्छ ।

तपाई ंएकलौटी तरिकाले मनोमानी गर्नुहुन्छ भन्ने आरोप पनि छ नि ?
बारम्बार मेयरले एकलौटी ग¥यो भनिन्छ । एकलौटी भनेको के हो ? कानुन, ऐन, कार्यविधि, निर्देशिकाबमोजिम गर्ने हो । मैले एकलौटी गरँे भने नियम, कानुन छैन ? अदालत, अख्तियार छैन ? एकलौटी गरियो भने म जेल जाँदिनँ ? मेयरलाई दिएको अधिकार मैले प्रयोग गर्ने हो । त्यसमा उपमेयर र वडाध्यक्षलाई सोधिराख्न जरुरी छ ? उपमेयरलाई दिएको अधिकार उपमेयरले प्रयोग गर्ने हो वडाध्यक्षलाई दिएको अधिकार वडाध्यक्षले प्रयोग गर्ने हो । यसमा एकलौटी भन्ने कुरा कहाँबाट आउँछ ? मैले के के मा एकलौटी गरेँ भन्ने आधार चाहियो नि ।

किन विरोधका आवाज गुन्जिए त ?
स्वाभाविक रूपमा कानुन, ऐन, निर्देशिका, विधान, नियामवलीका आधारमा काम गर्ने हो । मेयरले एक्लै गर्ने अधिकार छ कि छैन । हेर्नु प¥योे नि । विरोधका लागि विरोध आएर त भएन नि ।

बेरुजु सार्वजनिक गर्नुप¥योे भन्दा आक्रोशित हुनुहुन्छ भन्ने आरोप पनि छ नि ?
म किन आक्रोशित हुनु ? बेरुजु फटछ्र्योट गर्ने तरिकाले म अघि बढिरहेको छु । कर्मचारीलाई पनि बेरुजु फछ्र्याेट गर्ने तरिकाले अघि बढ्न भनिरहेको छु । ३ करोड बेरुजु भएको उर्लाबारी नगरपालिका हुनु अगावैको हो । तत्कालीन राजघाट गाविस, जनप्रतिनिधि आउनु अगावैको उर्लाबारी नगरपालिका हुँदासम्मको बेरुजु रहेको छ । बेरुजु भनेको हिनामिनाको नभई वडा कार्यालय, नगरपालिकामा खरीद गरिएको सामग्रीलगायतको हो । महालेखाबाट कर्मचारी बोलाइएको छ । फछर््योट गर्ने गरी काम गरिरहेका छौँ । त्यसकारण बेरुजु सार्वजनिक गर्नुपर्छ भन्दा म आक्रोशित हुने कुरै रहँदैन । यो मिथ्या आरोप मात्र हो ।

मेयर र उपमेयर कहिलेसम्म आरोपप्रत्यारोप गरिरहने त ?
आरोप आइरहन्छन् । विकासका काम रोकिँदैन । जनताको हितमा काम गर्न हामी जनप्रतिनिधि आएका हौँ । यसमा आरोप प्रत्यारोप भन्ने कुरै हुँदैन ।

बारम्बार विवाद सिर्जना हुँदा काममा ढिलाइ हुँदैन र ?
निर्णय गर्न ढिलाइ हुन्छ । तर, विवादले विकासका काम रोकिँदैन । जनप्रतिनिधिले पनि हामी जनताको हितमा काम गर्न आएको हो भन्ने बुझ्नुप¥यो नि ।

चुनावताका तपाईंले जनतालाई प्रतिबद्धता जनाउनुभएको थियो । प्रतिबद्धता कहाँ पुग्यो ?
मैले भन्ने भन्दा पनि तपाईँहरूसँग पनि होला । हेर्नुहोला । ८० प्रतिशत मेरा प्रतिबद्धता पूरा भइसकेका छन् ।

के के काम भयो त ?
जनतालाई सोध्नुहोस् । यो काम त तपाईँहरूले हेर्ने हो, उर्लाबारीबासीलाई सोध्ने हो, हामी त भन्छौं गरिरहेका छौं । तर, जनताले महसुस गर्नुभयो कि भएन भन्ने बुझ्नुहोस् । सडक, तटबन्ध, शिक्षा, कृषि, स्वास्थ्यलगायतका काम स्रोत र साधनले भ्याएसम्म गरिरहेका छौं ।

तपाईं विवाद समाधानका लागि पहलकदमी लिनुहुन्न ?
जनसरोकारका विषयमा छलफल र परामर्श हुन्छ । व्यक्तिगत स्वार्थमा केन्द्रित काममा छलफल र परामर्श हुँदैन । त्यसमा विवाद रहन सक्छ । मेयरले मात्र कृषि सामग्री वितरण गरे भनेर उपमेयरले चित्त दुखाउनु हुन्छ । यस्ता विवादमा म कुनै मतलब पनि राख्दिनँ ।


त्यसो भए तपाईँहरूको छेडछाड जारी रहन्छ ?
मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । अनियमितता गरेर हामीले पनि केही पाउनुपर्छ भन्ने अपेक्षा कसैले नराखे हुन्छ । एक रुपैयाँ दायाँबायाँ गर्न दिन्नँभन्दा छेडछाड चल्छ भने चलिरहोस् । त्यो जनताले मूल्याङ्कन गर्ने कुरा हो ।

तपार्इंले अहिले भन्नुभयो म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ तर, तपाईको बिना लगानी पूर्वेली क्रसरमा शेयर छ भन्ने सुनिन्छ नि ?
पूर्वेली क्रसरमा मात्र ? विनोद चौधरीको शेयर छ, खेतानकोमा शेयर छ । जे भन्न मिल्छ ? आधार के छ ? पूर्वेली क्रसरमा कहाँ छ शेयर ।

आरोप त आइरहन्छ नि ?
आरोप लाग्दैमा सत्य मानिन्न । पूर्वेली क्रसरको सत्य कुरा भनिदिन्छु । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदा स्वकीय सचिव लक्ष्मण ढकाल हुनुहुन्थ्यो । पूर्वेली क्रसरका साथीले फर्म दर्ता गरी लाइसेन्स निकाल्न समस्या भयो, सहयोग गर्दिनुप¥यो भन्दा मैले तत्कालीन प्रधानमन्त्रीका पिए मेरा साथी लक्ष्मण ढकाललाई भनेर लाइसेन्स निकाल्न सहयोग गरेको हो । सोही क्रममा पूर्वेली क्रसरका साथीहरुले तपाईलाई पनि शेयर राख्दिन्छौं भनेको हो । शेयर राखेको छ कि छैन मलाई थाहा पनि छैन । अहिलेसम्म मैले क्रसरबाट एक रुपैयाँ पनि लिएको छैन । कसले कहाँ राख्छ मैले के भन्ने ?

तपाईँ जिम्मेवार जनप्रतिनिधि भएकाले त्यसमा बुझ्नुपर्दैन त ?
नचाहिने विषयमा के बुझ्ने ? भोलि एनसेल, विनोद चौधरीकोमा शेयर छ भन्लान् । के बुझिराख्नु ?

भ्रष्टाचार रोक्न चाहिँ के गरिरहनुभएको छ त ?
म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । र, गर्न पनि दिन्नँ ।

नेकपाको बहुमत छ काम गर्न कत्तिको सहज छ ?
हामी जनताको काम गर्न आएका हौं । हामी स्थानीय तहको निर्वाचनमा कोही काङ्ग्रेस त कोही एमाले भएर चुनावमा उठेका थियौं । हामी स्थानीय सरकारका प्रतिनिधि हो, यहाँ कुन पार्टीको भन्ने कुरा रहँदैन । कम्युनिष्ट पार्टीका साथीसँग मैले ठूलो अपेक्षा राखेको थिएँ । मजदुर, श्रमिकलगायतको पक्षमा वकालत गर्ने साथी आउनुभयो भन्ने लागेको थियो । तर, उहाँहरूले चुनावअघि जनताको पक्षमा कुरा गरे पनि निर्वाचित भएपछि आफूले पाउनुपर्छ भन्ने तरिकाले प्रस्तुत हुनुभयो । मजदुर, श्रमिकका लागि होइन उहाँहरू त आफ्नै लागि मात्र कुरा गरिहनुभएको छ । सन्थाल बस्तीमा खोलाले कटान भइरहेको छ, उहाँहरूले चाहिँ हाम्रो भाग भएन भनेर कार्यपालिकाको बैठक नै बहिष्कार गरिरहनु भयो ।

यो विवाद राजनीतिक पार्टीको हो कि व्यक्तिगत ?
न्यायिक समितिको संयोजक उपमेयर हुनुहुन्छ । प्रशिक्षक भन्दै २ हजार ५ सय रुपैयाँ लिनुहुन्छ । न्याय समितिका सदस्य पनि प्रशिक्षक भन्दै भत्ता लिनुहुन्छ । प्रशिक्षक हुनका लागि त कानुनी मान्यता पाउनुप¥योे नि । यो कुरा बैठकमा राख्दा बहिष्कार हुन्छ । बैठक रोकिन्छ । यस्तो लाचारीपन छ ।

लामो समयदेखि खेलकुद समिति नेतृत्वविहीन छ, किन खेलकुद समिति गठन हुन नसकेको ?
कार्यविधि पास भएको छैन । बैठकमा कार्यविधि लगियो, बहुमतले पास हुन दिनुहुन्नँ । अनि कसरी खेलकुद समिति बन्छ ?

१० बजे बैठक बोलायो २ बजे मात्र बैठकमा आउनुहुन्छ भन्ने पनि आरोप छ नि ?
बैठकका लागि बैठक गर्ने होइन । एजेण्डामा छलफल पनि गर्नुप¥यो । कर्मचारीले डकुमेन्ट पनि गर्नुप¥योे । उहाँहरूलाई पनि थाहा छ । त्यो किन ढिलो भयो भनेर ।

गुनासो त छ नि ?
आफू अनूकुल भएन भनेर गुनासो हुनु स्वभाविक हो । मेरो पनि पत्रकारहरूलाई गुनासो छ नि । मैले भनेजस्तो समाचार लेख्नुभएन भनेर । के मेरो अनुकूल हुन्छ त ?

तपाईंलाई सुरक्षाको कुनै थ्रेट नभए पनि पिएसो लिएर हिँड्नुहुन्छ भन्ने गरिन्छ नि ?
मेरो रहरले पिएसो लिएको हैन । जिल्ला सुरक्षा समितिले दिएको हो । सुरक्षा थ्रेट छ कि छैन मसँगै हिँड्नुहोस् न । सबै कुरा भन्न नमिल्ने रे पो त । चन्दा चिट्ठालगायतको विषयमा धाकधम्की आइरहेको छ भन्ने जानकारी प्रमुख जिल्ला अधिकारी र मोरङ जिल्ला प्रहरी प्रमुखलाई गराएको थिएँ । त्यसपछि उहाँहरूले सुरक्षाका लागि खटाउनुभएको हो ।
                                                                                                                                                                                   

                                                                                                                                                                                               प्रस्तुतिः सरोज बस्नेत