धनकुटाः धनकुटाको मुगा स्थायी घर भई धनकुटा नगरपालिका ७ डाँडागाउँ बस्दै आएका साहित्यकार मुकुन्द प्रयास सुवेदीले बाबुको काजकिरिया गर्न पाएनन् ।

दलितसँग विवाह गरेको बाहनामा बाबुको किरिया गर्न परिवारका अन्य सदस्यसँग बस्न नदिइएको हो । साउन २२ गते मृत्यु भएका बाबु यज्ञप्रसाद सुवेदीको पार्थिव शरीरमा दागबत्ती दिन रोक लगाएपछि मृतकको काजकिरिया २ ठाउँमा भइरहेको छ ।

साहित्यकार प्रयासका आमा र ३ दाजुले मुगामा १३ दिने संस्कार गरिरहेका छन् । उनी भने कपाल खौरिएर सामान्य कपडा लगाएर धनकुटामै बाबुको शोक बारिरहेका छन् । अन्य अवस्थामा छुवाछुत नगरिए पनि किरिया बस्ने विषयमा विभेद गरिएको उनले गुनासो गरे ।

मुत्युअघि खासै विभेद नभए पनि मुत्युपछि अन्य सदस्य तथा समाजले विभेद गरेको उनले बताए । ७ दिनमा किरिया सक्ने योजनामा रहेको प्रयासले बताए ।

यो घटनापछि मिसन पोयटी र गार्गाचार्य सामुदायिक विश्वभाषा पुरुतकालयले धनकुटामा आयोजना गरेको कार्यक्रमका वक्ताले संस्कृतिभित्रका विकृतिलाई हटाउनुपर्ने धारणा राखेका थिए ।