विराटचौक/  मुलुका आर्थिक विकास र समृद्धिमा सडक बाधन बन्न नहुुने प्रदेश एकका मुुख्य मन्त्री शेरधन राईले बताएका छन् । उनले आज मोरङको विराटचौकमा भएको ट्राफिक सम्मेलनमा बोल्दै जनतालाइ जागरुप बनाइ सडकको सुरक्षा व्यवस्था चुुस्त राख्न सरकार गम्भिर भएको बताएका छन् ।
‘मुलुकको आर्थिक समृद्धिका लागि सडकको पुर्वाधार अति आवश्यक छ’ मन्त्री राईले भने, ‘सडकको पहुुँचसँगै क्षेत्रविस्तारका लागि हामी गम्भिर भएर लाग्नेछौँ ।’ उनले सडक सुरक्षा पहिलो प्राथमिकता हुने बताए । ‘विकासका लागि सडक अवरोध बन्नुु हुँदैन, सडक फाराकिलो बनाइ विकासमा जनतालाइ डोर्याउँदै समृद्धिको यात्रा तय गर्नेछौँ ।’ मन्त्री राईले भने ।

नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले सडक प्रयोगकर्ताको सामान्य हेलचेक्राइले जीवन अन्त्य हुने भन्दै सबै नागरिकको पहुँचमा ट्राफिक ज्ञान पुुग्नु पर्ने बताए । महिलाअधिकारकर्मी शिला बज्राचार्यले नशालुु पदार्थको प्रयोगसँगै सवारी चालाउँदा धेरै दुुर्घटना बढेका बताइन । यातायात व्यवसायी सरोज श्रेष्ठले सडकको साँघुरोपन, सवारी दुुर्घटना निम्त्याउने अर्को कारक रहेको बताए । श्रेष्ठले सबैले आ–आफ्नो स्थानबाट बन्दै गरेका सडकलाइ फराकिलो बनाउन नागरिकले अहम भुमिका खेल्नुपर्ने बताए ।
पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी राजकुमार लम्सालले जनस्तर देखि सचेतना बढ्दै गए ट्राफिकमाथिको बोझ हल्का हुुने र दुुर्घटना घट्ने बताए । प्रदेश एकका प्रहरी प्रमुख डिआइजी केदार रिजालले ट्राफिक सचेतना कार्यक्रम शुरुवात मात्र भएको भन्दै सबैको घरघरमा प्रहरी पुुगेर सुचना प्रदान गर्ने बताए ।
एक दिने ट्राफिक सचेतना कार्यक्रममा प्रदेश एकका विभिन्न स्थानका सर्वसाधारणको उपस्थिति रहेको थियो ।