इटहरीः झमक्कै साँझ परेको थियो । अरुबेला हतारिँदै आफ्नो निवासतर्फ लाग्नेहरू पनि साँझको समय र गर्मीलाई कुनै पर्वाह नगरी इटहरीको सेन्ट्रल प्लाजा अगाडि सजाइएको स्टेजको अघिल्तिर मारुनी फिल्मका नायक तथा नायिकाको व्यग्र प्रतीक्षमा बसिरहेका थिए ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह स्टेजमा आउनुअघि गायक कृष्ण काफ्ले, स्थानीय डायमण्ड ब्याण्ड र बालगायक सौजन्य पौडेलले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिलाइसकेका थिए । तीजको अवसर पारेर मारुनी फिल्म निर्माण युनिटले राखेको कार्यक्रममा मारुनी फिल्मका नायक नायिकाले नृत्य प्रस्तुत गर्ने भएपछि सेन्ट्रल प्लाजा अगाडि जति साझ छिप्पिँदै जान्छ त्यति भीड बढ्दै गएको थियो । स्टेजमा पुष्प र साम्राज्ञी उक्निले समय नजिकिँदा सुरक्षामा खटिएका प्रहरीलाई भीड नियन्त्रण गर्न कठिन भएको थियो । जब नायक पुष्प र नायिका साम्राज्ञी स्टेजमा उक्लिए, सेल्फी खिच्ने युवा÷ युवतीको थामिनसक्नु भीडले स्टेजमा रहेका नायक नायिकालाई जोगाउनै गाह्रो भएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीबाट सुरक्षाका लागि खटिएका प्रहरी र कार्यक्रम आयोजना तथा व्यवस्थापनमा खटिएकाहरूलाई भीडबाट नायक नायिकालाई जोगाउन गाह्रो भएको थियो । भीडका बावजुद पनि पुष्प र साम्राज्ञीले भदौ १३ गतेबाट देशभरका फिल्म हलबाट एकसाथ प्रदर्शन हुन लागेको मारुनी फिल्ममा समावेश गरिएको दीपक बज्राचार्यको स्वर रहेको चर्चित गीत जाम् न माया जाममा नृत्य प्रस्तुत गरेका थिए ।
सो गीतको प्रस्तुतिसँगै माहोल थप तातेको थियो । सो गीत लगत्तै मारुनीमै समावेश गरिएको सक्दिनँ म बाँच्न तिमीबिना गीतमा नायक पुष्प र नायिका साम्राज्ञीले नृत्य गरेका थिए । दुवै गीतमा दर्शकहरू पनि स्टेज तल झुमेका थिए । नृत्यपछि दुवै जनाले स्थानीय मोडलहरूसँग मारुनी फिल्मको टीसर्ट लगाएर संँगै ¥याम प्रस्तुत गरेका थिए ।

मारुनी फिल्ममा पनि आफ्नो सुमधुर स्वर दिएका मंगलम् फिल्मको चर्चित गीत पर्ख पर्ख मायालुका गायक कृष्ण काफ्लेले सोही गीत गाएर दर्शक नचाए । उनले मारुनी फिल्ममा पनि एउटा गीतमा स्वर दिएका छन् । जुन हाल सार्वजनिक गरिएको छैन । फिल्म प्रदर्शन हुने अघिल्लो दिन अर्थात यहि भदौ १२ गते युट्युबमार्फत् सो गीत सार्वजनिक गर्ने योजना रहेको फिल्म निर्माता पुनम गौतमले बताइन् ।

कृष्ण काफ्लेको प्रस्तुतिपछि इटहरीका बालगायक सौजन्य पौडेलले मारुनी फिल्मकै चर्चित गीत जाम् न माया जाम ट्रयाकमा जस्ताको तस्तै गाएर दर्शकलाई आफूप्रति आकर्षित गराएका थिए ।

इटहरीमा भएको मारुनी फिल्मको भव्य कायक्रमपछि आफ्नो प्रतिक्रिया दिँदै फिल्मका निर्देशक नवल नेपालले इटहरीमा दर्शक, प्रहरी प्रशासन, पत्रकार, कलाकार लगायतको टिमले गरेको सहयोगले आफू सबैप्रति नतमस्तक भएको बताए । दर्शक र फिल्मका नायक नायिकाको उपस्थितिले आफूहरूलाई उत्साहित बनाएको उनले बताए ।

मारुनी फिल्मको प्रचारका लागि आयोजना गरिएको कार्यक्रममा निर्देशक नेपाल र निर्माता गौतमले मारुनी फिल्म एक सामाजिक घटनामै आधारित भएको भन्दै आफ्ना भनाइहरू राखेका थिए । फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेकाले फिल्म स्तरीय बनेकोमा आफूहरू ढुक्क भएको बताएका थिए । उनीहरूले ढुक्क भएर मारुनी फिल्म हेर्न फिल्म हल जान दर्शकलाई आग्रह गरे ।

मारुनी फिल्मको प्रचारका लागि इटहरीमा कार्यक्रम आयोजना हुने अघिल्लो दिन मङ्गलबार इटहरीमा रहेर फिल्मक्षेत्रमा आफ्नो करिअर बनाउन लागिपरेका नायक माधव केसीको नेतृत्वमा इटहरीका कलेजहरूमा फिल्म मारुनीको मिनी पोष्टर लिएर एक हुल मोडलहरू पुगेका थिए ।

नायक केसीले सबै विद्यार्थीहरूलाई मारुनी फिल्मले युवा पुस्ताको कथा बोकेको बताउँदै भदौ १३ गतेदेखि प्रदर्शनमा आउने मारुनी हेर्न समय मिलाएर हलसम्म आउन आग्रह गरे । उनले मारुनी फिल्म निर्माण युनिटले फिल्मको प्रचारका लागि देश दौडाहमा निस्कनु १५ दिनअघि नै प्रदेश नम्बर १ का तराई तथा पहाडी जिल्लाका प्रमुख स्थानमा आफ्नै खर्च र तरिकाले मारुनी फिल्मको व्यापक प्रचार गरेका थिए । उनलाई फिल्म निर्माण युनिटले बुधबार साँझ इटहरीमा आयोजित कार्यक्रममा माया चिनो दिएर सम्मान समेत ग¥यो ।

maruni  (2) 3 maruni  (1) 5 maruni  (3) 5 maruni  (6) 4 maruni  (7) 4 maruni  (8) 4 maruni  (9) 4