विराटनगरः विराटनगरमा आज ५२ राधाकृष्ण रथयात्रा निकालिएको छ । विशेष पूजाआजा गरेपछि अपराह्न ३ः३० बजे पोखरियास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको हो ।
रथयात्राको क्रममा विराटनगर हरेक वर्ष ठुलो भिड लाग्ने गर्छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक घनश्याम श्रेष्ठले विराटनगर–१ बाट निकालिने ५२ औँ रथयात्राको क्रममा ड्रोनसहित प्रहरीले सुरक्षा व्यवस्था सुदृढ पारेको थियो । जस क्रममा रथयात्रामा सहभागी भक्तजनको सुनको चेन र मोबाइल थुत्ने ५५ युवालाई प्रहरीले प्रक्राउ गरेको छ ।
डोरी ताने मनोकांक्षा पूरा हुने र पुण्य प्राप्त हुने जनविश्वास छ । रथयात्रामा सहभागी हुन प्रदेश १ र २ का साथै छिमेकी भारतको विहारबाट समेत भक्तजन आउने आउँछन् । रथको
१८ फिट चार इन्च उचाइ, ११ फिट दुई इन्च चौडाइ र १४ फिट लम्बाई भएको रथमा राधाकृष्णलाई राखेर तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ भएको थियो ।
रथयात्रा शनि हाट चोक, गोल्छा चोक, जलजला मोड, बुध हाट चोक, ट्राफिक चोक, महेन्द चोक र शनि मन्दिर चोक, भृकुटी चोक, वरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा गएर समापन भएको छ । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।