विराटनगर / गुुण्डागर्दीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेपाली काँग्रेसका महसमिति सदस्य सिजन गुरुङको विषयले प्रदेश एकको संसदमा प्रवेश पाएको छ । विपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश एक सभा संचालन भएलगत्तै सभामुुखसँग समय मागेर निर्दोष व्यक्तिलाइ सरकारले पूर्वाग्रही ढंगले थुुनामा राखेको भन्दै अविलम्व छाड्ने माग गरेका छन् ।
उनले बोलेलगत्तै सभा विथोलिएको थियो । निर्दोष व्यक्तिमाथि सत्ताको अत्याचार भएको भन्दै सांसद कार्कीले उनलाइ छाड्नुपर्ने माग राखेका थिए । काँग्रेस सांसदले केहि बेर संसद अबरुद्ध पारेका थिए । ‘हामीले निर्दोष व्यक्तिलाइ पूर्वाग्रही ढंगले थुुन्नुु हुुँदैन भनेर माग राखेका हौँ, तर संसद पुुर्णरुपमा ठप्प पार्ने उदेश्य होइन । सांसद कार्कीले टेलिफोनमा भने ।’
उनले प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको अनुपस्थिति भएको हुुँदा प्रदेशको बजेट तथा कार्यक्रमको बारे गम्भिर छलफल आवश्यक भएको जानकारी आएकाले संसद बन्दै भने नगरेको जानकारी दिए ।
केहि बेर अवरुद्ध भएको संसद अहिले शुरु भएको प्रदेश एक सभामा सहभागी भएका हाम्रा संवादाताले जानकारी दिएका छन् ।