इटहरीः बिहीबार इटहरीको नेकपा उपमहानगर कमिटी कार्यालयमा ताला लाग्यो । बिहान एघार बज्न लाग्दा लागेको तालाबन्दीका समाचारले मिडिया र सोसल मिडियाहरू रंगिएका छन् ।

साविक एमालेको सुनसरी क्षेत्र नम्बर २ का सदस्य सुजन लामा र साबिक एमालेकै युवा दस्ता युवा सङ्घ सुनसरीका सदस्य राजेश राई नेतृत्वमा ताला लागेको थियो । पार्टीमा योग्य नेताकार्यकर्तालाइ पाखा लाएर समायोजन भएको भन्दै नेकपाका युवा नेताहरूले ताला लाएको बताएका छन् ।

यस्तो छ भीम आचार्य जोडिएको नेकपा इटहरीको विवाद

साबिक एमाले प्रदेश इन्चार्ज रहेका भीम आचार्य अहिले नेकपाका पनि प्रदेश इन्चार्ज नै छन् । उनै भीम आचार्यको दबाबमा नेकपा इटहरीको भागबन्डामा जुनियर नेता काशीराम दंगाललाइ सचिव बनाएको भन्दै पूर्व एमालेका नेताकार्यकर्ताहरु खुसी छैनन् । एमालेले सचिव र माओवादीले अध्यक्ष पाएर भागबन्डा मिलेपनि सचिवका उमेद्वारको कारण साबिक एमालेका नेकपा वृत्तमा व्यापक असन्तुष्टि छ ।

एकतापछिको समायोजन अगाडिको एमाले नेतृत्वका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र निर्वाचित सदस्य हुँदै सचिवालय सदस्य भएकाहरूलाई बेवास्ता गर्दै मनोनीत सदस्य हुँदै सचिवालय सदस्यमा पुनः मनोनीत भएका दंगालसँग साबिक एमलो पङ्क्ति असन्तुष्ट छ ।

इटहरी ९ को जनता माविको सञ्चालक समितिका अध्यक्ष बनाउँदै एमाले वृत्त खुसी थिएन ।खोटाङबाट इटहरी आएर भूगोल नबुझी गुटबन्दीको आधारमा दंगाललाइ नेता बनाएकोमा धेरै असन्तुष्टि थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पार्टीले पठाउँदै असन्तुष्ट एमाले वृत्तले सचिव बनाएपछि असन्तुष्टि झनै चुलियो । 

भीम आचार्यसँग उठबस भएकै आधारमा साबिक एमालेका अन्य नेतालाई पाखा लाउँदै दंगाललाइ ल्याइएको नेकपाका एक नेता बताउँछन् । ‘पहिले संसदीय चुनावताका पाखै लिएर टिकट बाँडिएको भन्दै इटहरीमा भीम आचार्य विरुद्ध नारै लाखेको थियो’, हाल नेकपा इटहरीका सदस्य रहेका उनी भन्छन्, ‘त्यही इगोका आधारमा इटहरीका अग्रज कार्यकर्तालाई पेल्न नयाँ मान्छे आचार्यकै बलमा आएका हुन ।’

 

nekapa tala  (2)