विराटनगर: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले विकास निर्माणमा जनताको सहभागीलाई अपरिहार्य बनाउन कर्मचारी र संसदलाइ आग्रह गरेका छन् । संसदकाे सुशासन एवंम विकास समितिले गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राईले जनताको सहभागीताबीनाकाे विकासले लक्ष्य भेट्टाउन मुस्किल हुने धारणा व्यक्त गरे ।
त्यस्तै राईले सरकारको काम गराइ पुरानो, उहिलेको ढर्राको भएको टिप्पणी गरेका छन् । कर्मचारीले कार्यालय समय मात्र कटाउने नभई अब उपलब्धिमूलक कामको अपेक्षा सरकारबाट भएको स्पष्ट पारे ।
राजनीतिक नेतृत्वमा पनि पहिलेको जस्तो एकात्मक प्रणालीको गन्ध अाएकाे बताए । केन्द्रबाट योजना बन्ने गरे जस्तो अाफुलाइ लागेको मात्र सही हो भन्ने र जनताको अपेक्षा नबुझ्ने नेतृत्वको बानी सुधार्नुपर्ने अाैँल्याए ।
'कसैलाइ कुनैपनि बहानमा छुट छैन' उनले भने 'म स्वयम, मन्त्रीहरू सचिव, मान्य ज्यूहरू, कर्मचारी लगाएतले जनताकाे हितमा सुशासन र विकासलाइ सर्वाेपरी ठान्नु मुख्यअावश्यता हाे ।'
उनले अाफु हरदम नागरकिकाे गुनासो सुन्न फोन तत्पर रहेको भन्दै कहीँ तलमाथि भएको भए तुरुन्त फोनमार्फत जानकार दिए एक घण्टा भित्र एक्सन लिने समेत प्रतिबद्दता व्यक्त गरे । अाफु समय कटाउन नभई प्रदेशको विकास र सुशासनका लागि मुख्यमन्त्रीको पदमा रहेको भन्दै कुनै मन्त्री, नेता, सांसद र कर्मचारी लाइ कुनै पनि बहानामा छुट नभएको तर्क गरे ।
उनले विकासमा नागरिकको सहभागिता किन भएन, नागरिकले विकास निर्माणलाइ अपनत्व ग्रहण गरेकी गरेनन् भन्ने बारे समीक्षा गर्नुपर्ने समेत बताए ।