विराटनगरः विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने कार्मचारीलाई कारवाही गर्ने बताएका छन् ।

काम गर्दा सबैलाई सन्तुष्ट पार्न नसकिने उनको भनाइ थियो । कर्मचारी समायोजन समिति नै खारेज भइसकेकोले कर्मचारीले चित्त बुझेन भनेर उम्किने ठाउँ नै नभएको उनले प्रष्ट पारे । सरकारको जागिर खाएको हो भने सरकारले खटाएको ठाउँमा जानुपर्ने उनले बताए ।

जनतालाई दुःख दिने र जनताको सेवा प्रवाहमा असजिलो पार्नेलाई कार्वाही गर्ने उनले पुनः दोहो¥याए ।

मन्त्री पण्डितले कर्मचारीसँग व्यक्तिगत कार्य सम्पादन सम्झौता प्रक्रियाको काम शुरु भइसकेको बताउँदै सम्झौताअनुसार काम नभए कारवाही गरिने उल्लेख गरे । कार्यालय समयमा कुनै पनि कर्मचारीले ट्रेड युनियन गतिविधि गर्न नपाउने उनको भनाइ थियो ।