इटहरीः पटक पटक विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने इटहरीका मेयरले अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् । डेंगो नियन्त्रण बारेको एक छलफलमा बोल्दै मेयर चौधरीले डेंगोले कालो छाला भन्दा सेतो छालालाइ असर गर्ने भन्दै अपुष्ट अभिव्यक्ति दिएका छन् ।

डेंगो पाहाडि जिल्लाहरूमा बढी भएको तर्क गर्दै चौधरी भन्छन्, ‘डेंगो खतरा सेतोछालालाई । हामी जस्तो कालो छालालाई डेंगो मर्छ । हामी मर्नेवाला छैनौँ ।’

स्विजरल्यान्डका भूगर्वविदले रिसर्च गरेर पत्ता लाएको इन्टिबडि नामक तत्त्वको अपुष्ट हवाला दिँदै मेयरले भनेका छन्, ‘एन्टिबडि नामको तत्त्व निर्माण हुन तीन हजार वर्ष लाग्दो रहेछ । टोनि हेगन आको थ्यो । रिसर्च गर्दा पत्ता लगाको रछ ।’

डेंगो नियन्त्रणमा सरकार असफल भएको भन्दै मेयर चौधरीले भनेका छन्, ‘डेंगो पोलिटिकल इस्सु बन्ला कि भन्ने ठुलो खतरा छ । डेंगो नियन्त्रण सरकारले गर्न सकेन ।’

dangue pradeshportal.com

के डेंगो कालो छालालाई लाग्दैन?

डेंगो कालो छालालाई लाग्दैन भनेर अभिव्यक्ति दिएका मेयर चौधरीको भनाइ शतप्रतिशत गलत भएको स्वाथ्यकर्मिहरुले बताएका छन् ।  डाक्टर सुजन गौतमका अनुसार डेंगोले छाला हेरेर आक्रमण नगर्ने बताउँछन् ।

कालो वा सेतो छालाले डेंगोमा कुनै फरक नपार्ने भन्दै डाक्टर गौतम प्रश्न गर्छन्, ‘दक्षिण एसियामा सबैभन्दा धेरै अहिले डेंगो बङ्गलादेश छ तर त्यहाँका कालाछाला भएकाहरू कसरी बिरामी भए?’

डाक्टर गौतमको तर्फमा सहमत छन् इटहरी ५ पचरुखिमा रहेको पचरुखी पोलिक्लिनिकका सञ्चालक तथा स्वाथ्र्यकर्मि चन्द्र श्रेष्ठ । एचए उत्तीर्ण र फार्मेसीको समेतको औपचारिक शिक्षा लिएका श्रेष्ठ भन्छन्, ‘हाम्रो पोलिक्निमा आउनु भएका थारुलाई समेत डेंगो देखिएको छ । थारुलाई वा कालो छालालाई नहुने भन्ने भनाइ अत्यन्तै गलत हो ।’