विराटनगरः प्रदेश एक संसद्मा सङ्गीत रोयल्टी उठाउने बारे बहस सृजना भएको छ । प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धी बनेको विधेयक छलफलकै क्रममा रहको छ । उक्त विधेयक माथि बोल्ने सांसदले सार्वजनिक सवारीमा बज्ने सङ्गीतबाट रोयल्टी सङ्कलन गर्ने प्रावधान राख्न माग गरेका हुन् ।

सांसद राजन राईले प्रदेश सरकारले बनाउने कानुनमा स्पष्टसँग सङ्गीत रोयल्टी उठाउने प्रावधा न राखे आम सर्जकको भविष्य सुरक्षित बन्ने भन्दै यसमा कन्जुस्याइँ गर्न नहुने तर्क गरे ।

संसद्मा पेस भएको उक्त विधेयक माथि राईसहित श्री प्रसाद मैनाली र सावित्री कुमारी रेग्मीले संशोधन प्रस्ताव पेस गरे गरेका छन् । विधेयक माथि संशोधन भई कानुन बन्ने अन्तिम चरणमा रहेको छ ।

कानुन बने पश्चात् प्रदेश एक भित्रको यातायात व्यवस्था सम्बन्धी नियमन र लाइसेन्स वितरण प्रक्रिया सहज हुने विश्वास लिइएको छ ।