इटहरीः कम्प्युटर व्यवसायीहरूको छाता सङ्गठन (क्यान) सुनसरीका उपाध्यक्ष र सहसचिवका उम्मेदवारले विज्ञप्ति निकालेर विवाद सार्वजनिक भएको एक दिनपछि क्यानले पनि अर्को विज्ञप्ति सार्वजनिक गरेको छ । २५ गते क्यानका उपाध्यक्षका प्रत्याशी पुष्प अधिकारी र सहसचिवका प्रत्याशी भगीरथ राजवंशीले निर्वाचनमा सहभागी नभएकालाई समेत समथ गराएको लगायतका विषयमा विज्ञप्ति निकालेका थिए ।

can sunsari bibada news pradeshportal.com  क्यान सुनसरीले सार्वजनिक गरेको विज्ञप्तिमा मृत व्यक्तिले मतदान गरेको कुरा गलत भएको तर मृत व्यक्तिको मतदाता नामावलीमा नाम भने भएको अध्यक्ष विशाल बास्तोला र सचिव टिकाराम न्यौपानेले दाबी गरेका छन् ।

पदाधिकारी चयन प्रक्रियामा चुनावमा जान अधिकारीले इन्कार गरेको र मिडियाबाजी गरेको पनि विज्ञप्तिमा भनिएको छ । उपाध्यक्षका प्रत्याशी अधिकारी र उनको विज्ञप्ति र प्रतिक्रिया समाचार बनाउने प्रदेश पोर्टललाई आलोचना गरेको क्यान विज्ञप्ति ३७ सदस्यमा ३९ मत खसेको विषयमा भने मौन छ ।

‘भोटिङ राइट्स कसरी पायो मरेको मान्छेले’ भनेर क्यानको ग्रुपमा प्रश्न उठाउने ग्राफिका इन्टरनेसनलका संचालक तथा क्यानका हालसालै चयन भएका सहसचिव सुरेशचन्द्र दाहालले आफूले त्यो धेरै अगाडि भएको प्रस्ट गरे । पूर्वेली न्युज डटकम नामक अनलाइनका सञ्चालक समेत रहेका दाहालले आफूले मतदाता नाममा भएको कुरा उठाएको तर मत दिएको नभएको बताए । मृत व्यक्तिको नाम मतदाता नामावलीमा भए पनि भने नखसेको दाहालले बताए ।

Sunsari CAN News Itahari pradeshportal.com

यसैबिच २५ गते क्यान सुनसरीसँग असन्तुष्टि जनाएका सहसचिवमा उम्मेदवार भगीरथ राजवंशीले भने आज क्यानको शपथ खाएका छन् ।

क्यानको विज्ञप्ति आएपछि असन्तुष्ट पुष्प अधिकारीले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । यो सामाग्री तयार गर्दा अधिकारीलाई गरिएको फोन उठेन ।

इटहरीका व्यवसायीहरू मात्रै सहभागी भएको क्यान सुनसरीको गत भदौ २१ गतेदेखि २३ गतेसम्म अधिवेशन भएको थियो । अबिधेसनले अध्यक्षमा बाबुराम बास्तोला, उपाध्यक्षमा खड्गप्रसाद ओझा, सचिवमा टिकाराम न्यौपाने, सहसचिवमा सुरेशचन्द्र दाहाल ,कोषाध्यक्ष महेन्द्र गुरागाँइलाइ चयन गरेको थियो । सदस्यहरू पुष्प अधिकारी, अनिश भट्टराई, भगीरथ राजवंशी र दीपनारायण यादव सदस्य निर्वाचित भएको क्यानले माइन्युट गरेको छ ।