इटहरीः सुनसरीको शहरोन्मुख ग्रामीण बजार कालाबन्जारमा शनिवार १४ सर्जकका शिर्षना वाचन र साहित्यकार राजन मुकारुङको काव्य विमर्श हुने भएको छ ।

बराहक्षेत्र नगरपालिका ५ मा रहेको सिद्धार्थ मेमोरियल स्कुलको सभाहलमा कार्यक्रम आयोजना हुने आयोजक स्वर्णिम साहित्य समाजले बताएको छ । समाजका अध्यक्ष प्रकाश दिप्सालीका अनुसार चौध सर्जकहरूमा मोरङ, सुनसरी, झापा, भोजपुर देखी धनकुटा सम्मका सर्जकहरूले सिर्जना सुनाउने छन् ।

कविहरू हेमन यात्री, केसी सुब्बा, विराट किराँती, मनि राई गोठाले, तारा दिप्साली राई, विनय सरगम, राजन इसारा ले आफ्ना सिर्जनाहरू वाचन गर्ने भएका छन् ।

यस्तैगरि, गजलकार जिबी गजल, युवराज ठकुरी अज्ञानी, अरुण आकाश, जीवन आरोही, ओम डिसिआर, रुपा चाम्लिङ र रोमु अधिकारीले पनि सिर्जना वाचन गर्ने भएका छन् ।

bharaul saahitya swarnim saahitya samaaj pradeshportal.com

सिर्जना वाचनसँगै नेपाली साहित्यमाथि प्राध्यापक डाक्टर भीम खतिवडा र साहित्यकार राजन मुकारुङले बोल्ने र मुकारुङको नयाँ कविता सङ्ग्रहमाथि परिचर्चा  हुने अध्यक्ष दिप्सालीले बताए । उनले भने, ‘हाटा जाने अघिल्लो रात कविता संग्रहको विराट अनुपमले संचालन गर्ने प्यानलमा राजन मुकारुङ, डाक्टर राजमी तिम्सीना र डाक्टर इन्दिर मिश्रले बोल्नु हुनेछ ।’

‘स्वर्णिम शब्द कुन्जमा श्रष्ठा र सिर्जना’ नाम दिइएको कार्यक्रम बढिमा तीन घन्टामा सकिने र कार्यक्रमले बराहक्षेत्र नगरपालिका र सुनसरीमै साहित्यीक माहोल ल्याउने आशा रहेको दिप्साली बताउँछन ।

२०६९ सालमा ‘घायल बस्ती’ नामक कविता संग्रह प्रकासन गरेका दिप्साली भन्छन, ‘साहित्यमा नयाँ जमघट गराउन, काव्य विमर्श गर्न र साहित्यीक माहौल बढाउन हामीले गाँउमा यो कार्यक्रम गर्न लागेका हौँ ।’