विराटनगरः प्रदेश भित्रका सरकारी र सार्वजनिक जग्गा खाेज्ने सरकारले तयारी थालेकाे छ । आइतबार अपरान्ह  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले बसेको प्रदेश नं १ सरकारले विभिन्न निर्णयहरु गरेको छ । त्याे मध्ये प्रमुख सचिवकाे संयाेजकत्वमा पाँच सदस्य समिति गठन गरिएकाे प्रवक्ता तथा अान्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । 

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहनेछन् ।

त्यस्तै सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय भएको छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनियर छनौट गर्नका लागि प्रारम्भिक लिखित परीक्षा समेत समावेश गर्ने निर्णय भएको छ ।