विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश एक संसद्मा अवरोध पुर्याएको छ । मनमोहन विश्व विद्यालय सम्बन्धी विधेयकलाई पास गर्ने तयारी भइरहँदा बैठकको सुरुमै विपक्षी सांसदहरूले कुर्सीबाट उठेर अवरोध सृजना गरेका थिए ।
आजै दुइटा ओटा बैठक बसेका थिए । पहिलो बैठकमा काँग्रेसको विरोध भएपछि दोस्रो बैठक बसी पुनः अर्को दिनका लागि भन्दै बैठक सकियो । पहिलो बैठकमा असन्तुष्टि सम्बोधनका लागि सभामुख भण्डारीले प्रमुख विपक्षी दललाई बोल्न पालो दिएका थिए ।
बैठकमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले मनमोहन व्यवस्था परिवर्तनका संवाहक भएको भन्दै कुनै पार्टीको मात्र निजी व्यक्ति नभएको स्मरण गराए । आज हामी जहाँ उभिएका छौँ मनमोहन जस्तो नेताको त्याग तपस्याको योगदान हो, यो कुरा भूल्नुुहुँदैन ।
उनले सत्तापक्षले दिवङ्गत पाटी नेतालाई अपमान गर्न खोजेको समेत अरोप लगाए । विश्वविद्यालयका नाममा ट्रेनिङ सेन्टर जस्तो संस्था चलाउन खोजेको उनको जिकिर छ । तुरुन्त विधेयकका कार्यसूचीबाट हटाउन समेत काँग्रेसको माग रहेको छ ।
काँग्रेसले नोट अफ सेन्ट खिलेको सकेको यो विधेयकको प्रतिवेदन सोमबार प्रदेश १ सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो ।