इटहरीःअपराधिक घट्नामा मोरङमा धेरै वालावालिका प्रयोग हुने गरेको तथ्याकले देखाएको छ । प्रदेश नम्बर एकमै सवै भन्दा वढि वालवालिका मोरङमा प्रयोग हुने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश भरी एक सय ६४ जना बालबालिका अपराधिक घटनामा संलग्न रहेको प्रहरीको तथ्याकले देखाएको छ । मोरङमा ६४ जना बालबालिका अपराधिक घट्नामा संलग भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रबक्ता घनश्याम श्रेष्ठले बताए ।
बालबालिकाको संलग्नतामा अपराध हुने जिल्लामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छन् । मोरङ, झापा र सुनसरी प्रदेश १ का तराईका जिल्ला हुन् । तराईका जिल्लामा सवैभन्दा वढि वालवालिका प्रयोग भएका छन् । जनसख्याको वढ्दो चाप, बढ्दो बेरोजाग र खुल्ला सिमानाका कारण तराईका जिल्लामा धेरै वालवालिका प्रयोग हुने गरेका छन् । वालवालिका मध्ये पनि धेरै वालक प्रयोग हुने गरेका छन् । झापामा ६१ र सुनसरीमा २७ बालक अपराधमा संलग्न रहेको प्रहरीको तथ्याकले देखाएको छ । अपराधमा संलग्न मध्ये मोरङमा दुई र सुनसरीमा एक बालिका छन् ।आर्थिक अवस्था कमजोर भएका, अविभावक विहिन तथा शिक्षाको अभावले धेरै बालबालिका अपराधिक गतिविधिमा प्रयोग भएको प्रबक्ता श्रेष्ठले बताए । के गर्नु हुन्छ के गर्नु हुन्न भन्ने ज्ञान नभएका बालबालिका अपराधिक गतिविधिमा संलगन हुने गरेको उनले बताए ।
प्रदेशका १४ जिल्ला मध्ये उदयपुरमा पाँच बालक, ओखलढुंगामामा दुई, इलाम, पाँचथर, ताप्लेजुङ र खोटाङमा एक÷एक जना १८ वर्ष मुनीका बालक अपराधिक घटनामा संलग्न रहेको प्रहरीको रेकर्डमा छ । १८ बर्ष भन्दा कम उमेरका लाई नेपालको सविधानले वालवालिका भनेर वर्गिकण गरेको छ ।
धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा भने बालबालिकाको संलग्नतामा कुनै पनि घटना भएका छैनन् । बालबालिकाको संलग्नतामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, जवरजस्ती करणी, करणी उद्योग, अभद्र व्यवहार, लागूऔषध, बालविवाह, चन्दा संकलन, अपहरण समेतका अपराधिक घटना हुने गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए । पहाडका जिल्लामा भन्दा तराईका जिल्लामा वढि वालिवालिका अपराधिक घट्नामा संलगन भएको तथ्याकले देखाएको छ । तराईका जिल्लामा जनसख्याको चाप बढ्नु साथै खुल्ला सिमानाका कारण समेत वालिकाको प्रयोग हुने गरेको प्रबत्ता कोइरालाले बताए ।
अपराध मध्ये कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा आठ, चोरीमा १०, जवरजस्ती करणीमा २९, करणी उद्योगमा आठ, अभद्र व्यवहारमा ३४, लागुऔषधमा १०, बालविवाहमा चार, बहुविवाहमा तीन, चन्दा संकलनमा एक र अपहरणमा ४१ जना बालकको संलग्नता छ । लागुऔषधमा एक र बालविवाहमा दुई बालिका संलग्न छन् । गरिविको फाईदा उठाउदै अपराधिक गिरोहले वालवालिकाको प्योग गर्ने गरेको उनले बताए ।

अपराधमा संलगन वालवालिकालाई हिरासत तथा कारगारमा राख्न पाईदैन् । उनिहरुलाई वाल सुधार गृहमा राखेर अनुसनधान गरीने प्रदेश १का डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए । मोरङमा विराटनगरस्थित बालसुधार गृहमा राखेर अनुसन्धान र कारवाही अघि बढाउने गरिन्छ । अपराधमा बालबालिका संलग्नताको सवालमा पारिवारिक वातावरण, साथी संगत र उनीहरुमाथि गरिने व्यवहारले पनि असर गर्ने बताउँछन् । अपराधमा बालबालिकाको संलग्नतालाई न्यूनीकरण गर्दै शून्यमा झार्न प्रहरीले जनचेतनामुलक विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।