बिर्तामोडः नेपाली सेनाले नागरिक–सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा सेनाले स्थानीय सङ्घ संस्थाका प्रतिनिधि र सर्वसाधारणसँग अन्तरक्रिया गरेर नागरिक–सैनिक कार्यक्रम सम्पन्न गरेको हो ।

राष्ट्रिय सुरक्षा अवस्था सन्तोषजनक भए पनि दीर्घकालीन राष्ट्रिय सुरक्षासम्बन्धी सोच र रणनीतिप्रति सेना गम्भीरतापूर्वक लागेको महासेनानी ईश्वरकुमार श्रेष्ठले बताए । उनले आम नागरिकको विश्वास र भरोसा आर्जन गरेको संस्थाका रूपमा रहेको नेपाली सेनालाई अझै जनताको नजिक पु¥याउनका लागि पूर्वका विभिन्न स्थानमा नागरिक–सैनिक अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा सहायक रथी आशबहादुर तामाङले जनताका हरेक विपत्तिमा सेना अग्र पंक्तिमा रहने बताउँदै राष्ट्रले दिएको जिम्मेवारी कुशलतापूर्वक समयमा नै सम्पन्न गर्दै आएको बताए । नेपाली सेना सुरक्षामा मात्र नभएर पछिल्लो समय समृद्धिको लागि पनि लागि परेको उनको भनाइ थियो । राष्ट्रिय गौरवका आयोजनामा सेनाले गरेको कार्य जनताका लागि उपलब्धिपूर्ण बन्दै आएको उनले दाबी गरे ।

नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै मितव्ययी ढङ्गबाट सेना अघि बढिरहेको प्रमुख सेनानी प्रद्युम्न पौडेलले बताए । कार्यक्रममा झापाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले सेनाले नागरिकमाझ अझै प्रगाढ सम्बन्ध बिस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

sena jhapa  (2)