धरानः धरानमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको माहोल निकै तातिएको छ । नेपाली काङग्रेस, समाजवादी पार्टीलगायतले धरानको मेयर पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
तर मुख्यदल नेकपाको भने मेयर पदका उम्मेद्वारको नाम अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । नेकपाभित्र मेयर पदको दावी गर्नेहरु धेरै भएका कारण नाम टुङग्याउन समस्या भएको नेकपाका एक नेताले बताए । नेकपाको तर्फबाट मेयर पदमा दावी गर्नेहरुमा प्रकाश राई,पदमप्रसाद इस्वो,विजय राई,अइन्द्र विक्रम मेघा , चोत्लुङ र अशोक राईको प्रमुख दावेदारी गरेको छ । मेयर पदमा आकाक्षा राख्ने प्रकाश राई, पदमप्रसाद इस्वो र विजय राई पुर्व एमालेका नेता हुन् भने अइन्द्रविक्रम बेघा,चोत्लुङ र अशोक राई पुर्व माओबादीका नेता हुन् ।
दुबै पार्टिको एकीकरण भएपछि एउटा पदमा धेरै जनाको दाबी भएपछि उमेद्धारको नाम सिफारीस गर्न नेकपालाई सकस परेको हो ।नेकपाका नेता मुक्साहाङ मेन्याङबाको पनि उमेद्धारीमा दावी रहेको समाचारहरु सार्वजनिक भएका छन् । तर मेन्याङबोले मेयर पदमा आफ्नो दावेदारी नरहेको बताएका छन् ।
मेयर पदमा मेरो कुनै दावी छैन,उनले भने ‘उमेद्धारमा बारम्बार मेरो नाम जोडेर बद्नाम गर्न खोजीदैछ ।’ नेकपाले मेयरको उमेद्धारको नाम सर्वसम्मत सिफारीस गर्न पहल गरिरहेको छ । तर कुनैपनि उमेद्धार लचिलो नभएपछि उमेद्धारको नाम टुङग्याउन नेकपालाई सकस परेको हो ।
यस्तो छ दावी
यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओबादी तेस्रो स्थानमा थियो । नेपाली काङग्रेस दोस्रो स्थानमा भने तत्कालिन एमाले पहिलो स्थानमा । अहिले एमाले र माओबादी एक भएपछि पुर्व माओबादीको तर्क छ यस अघि पुर्व एमालेको तर्फबाट नेतृत्व र्पाइ सकेको हुदा अबको पालो पुर्व माओबादीको हो ।तर पुर्व एमाले यसमा मान्नेवाला देखिदैन । अब हुने उपनिर्वाचन भनेको पहिलेकै निरन्तरता हो त्यस कारण यो पुर्व एमालेले नै पाउछ,यसमा अरुको दावी उचित हुदैन ।धरानको नेकपा भित्रभित्र आआफ्नो शक्ति प्रर्दशन गर्ने कार्यपनि भई रहेको नेकपा धरानका एक नेताले बताए । नेकपाका नेता अइन्द्रविक्रम बेघा अघिल्लो चुनाबका पनि माओबादीका तर्फबाट उमेद्धार भएका थिए ।उनी नेकपाका अध्यक्ष प्रचण्ड र उनको परिवारसँग नजिकका ब्यक्ति मानिन्छन् । उनी नगर कमिटीबाट नाम सिफारीस गराउन पाए केन्द्रमा आफ्नो पहुचले काम निकाल्ने ध्यानमा छन् ।
उता नेकपाका अर्का नेता चोत्लुङ आफुसँग नगर सञ्चालन गर्ने भिजन र अनुभब भएको दावी गर्दै आएका छन् । उनीपनि प्रचण्डलाईन सँग राम्रो पहुच भएको दावी गर्दै आएका छन् । दलिय संयन्त्रमा हँुदा तत्कालीन माओबादीको तर्फबाट नेतृत्व गरेका उनी उपमहानगर चलाउने क्षमता र भिजन आफुमा भएको प्रतिकृया विभिन्न सञ्चारमाध्यममा दिएका थिए । नेकपा भित्र बेघा र चोत्लुङ विचको द्धन्दले उमेद्धारको टुङगो नलागेको नेकपाकै नेताहरु बताउछन् । नेकपाका नेता अशोक राईले पनि मेयर पदमा दावी गरेका छन् तर उनी टिकट पाउने हिट लिस्टमा भने नपर्ने उनी निकट नेताहरु बताउछन् ।
पुर्व एमालेको तर्फबाट दावी गर्ने विजय राई नेकपाका केन्द्रमा आफ्नो राम्रै पहुच भएको दावी गर्दै आएका छन् । उनले भुगोलमा काम नगरेको र कार्यकर्ता सँग सम्पर्क नभएका कारण नेकपाले उनलाई टिकटका लागि सिफारीस गर्ने सम्भाबना नभएको नेकपाका एक नेताले बताए ।उनी केन्द्रीय राजनितीमा आफ्नो पहुच राम्रो भएकाले नगरबाट नाम सिफारीस भए टिकट ल्याउने दावी गर्छन ।
अर्को तर्फ टिकट नपाएपनि नगर कमिटीमा आफ्नो दावी लाई नजिरको रुपमा स्थापित गर्न चाहान्छन् । प्रकाश राई र पदमप्रसाद इस्वो मध्ये एक जनालाई नेकपाले अगाडी लैजना खोजेको छ । पदमप्रसाद लिम्बुलाई सहमतीमा ल्याएर प्रकाश राईको नाम मेयर पदका लागि सर्वसम्मत रुपमा सिफारीस गर्न नेकपा धरानको नेतृत्व उद्धत देखिन्छ ।संगठनमा निकै लामो समय काम गरेका,विबादमा नपरेका युवा नेता प्रकाश राईलाई मेयरको उमेद्धार बनाउने लगभग पक्कापक्की नै भएको छ । तर सहमती भने जुट्न सकेको छैन ।
‘मेयर पदमा मेरो दावी छ,तर पार्टिले गरेको निर्णय मेरोलागि मान्य हुन्छ राईले भने ।नेकपाका नेता मुक्साहाङ मेन्याङबोले सर्ब सम्मतीका नाममा पुर्व एमालेबाट जर्वजस्ति निर्णय गर्ने प्रयास भएको भन्दै आफु त्यसको विपक्षमा रहेको बताए । उनले सबैको सहमतीमा आकक्षिहरुको नाम माथिल्लो कमिटीलाई पठाउनु पर्ने बताउछन् ।