धरानः नेकपाले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

नगर र जिल्ला कमिटीले उम्मेद्वारको लागि उनीसहित चोत्लुङ र वेणु काफ्लेको नाम सिफारिश भएको थियो । ३ जनाको नाम सिफारिश गरे पनि प्रदेश कमिटीले विजय राईको नाम थप गर्दै ४ जनाको नाम सिफारिश गरेको थियो ।

प्रदेशले ४ जनाको नाम सिफारिश गरेपछि स्थानीय तहमा खैलाबैला मच्चिएको थियो । प्रदेशले विजय राईको नाम सिफारिश गरेपछि र उनी ओलीनिकटका कार्यकर्ता भएकाले उनी नै उम्मेद्वार हुन सक्ने धेरैको अनुमान थियो ।