तस्बिरहरुः विराट अनुपम

इटहरीः ८८४८ मिटर अग्लो सगरमाथा चढ्नेहरूको पहिलो खुड्किलो राख्ने स्टेसन र सगरमाथा छुन पुग्नेहरूको अन्तिम स्टेसन हो सगरमाथा बेस क्याम्प । २०१० जेठ १६ गते तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीको पहिलो सगरमाथा आरोहणसँगै सगरमाथा विश्वको चर्चामा चुलियो ।

everest base camp pradeshportal.com 1 birat anupam

सगरमाथासँगै बेस क्याम्पको आकर्षण पनि बढ्यो । अहिले यत्ति बढ्यो कि आर्थिक वर्ष २०७५ /७६ मा मात्रै ५८ हजार ३० विदेशी र ७ सय ४१ नेपाली पर्यटकहरू पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क छ ।

खासगरि, सन १९७९ मा विश्व सम्पदा सूचिमा नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा समावेश भएसँगै पनि सगरमाथा र यसको ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको बेस क्याम्पको लोकप्रियता विश्वभर बढेको जानकारहरू बताउँछन् ।

everest base camp pradeshportal.com 2 birat anupam

रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलमा ओर्लेर सात देखी नौ दिनको पैदलबाट अथवा सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट दुई दिन सम्म लुक्ला हुँदै क्रमशः बेस क्याम्प पुग्न सकिन्छ । कतिपयले सिधै हेलिकप्टर चार्टर गरेर पनि बेस क्याम्प पुग्ने गर्छन् ।

सामान्यतया विदेशीहरूलाई एक हजार डलर यात्रामा सगरमाथा पुग्न सकिने उक्त क्षेत्रका गाइड नुरु शेर्पा बताउँछन् । नेपालीहरूलाई भने प्रति व्यक्ति आधा लाख हाराहारी नेपाली रकम बेस क्याम्प पुग्दा लाग्ने शेर्पाको भनाई छ ।

everest base camp pradeshportal.com 3 birat anupam

सगरमाथा बेस क्याम्प पुग्न सामान्यतया चैत अन्तिम देखी वैशाख वा असोज अन्तिम देखी मङ्सिर अन्तिम सम्म सहज हुने गाइड नुरु शेर्पा बताउँछन् । 

everest base camp pradeshportal.com 4 birat anupam