विराटनगरः सबैका हातमा एन्ड्रोइड फोन । मल्टिमिडिया प्रशिक्षक रजनिश भण्डारीले भने ‘अब देखिएको यी खाली भागमा आफ्नो नाम र फोन नम्बर लेख्नुहोस् त ।’ कक्षामा आज्ञाकारी विद्यार्थी भएर बसेका थिए प्रदेश एक संसदका १८ सदस्य । संसदीय पत्रकार मञ्च प्रदेश एक समितिको संयोजनमा संयुक्त राष्ट्रसङ्घको संसदसहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबार विराटनगरमा गरेको कार्यक्रममा सञ्चारले खेल्ने भूमिका र अपनाउनुपर्ने सावधानीका बारेमा छलफल भएको थियो । vlcsnap-2019-11-10-18h28m51s717

सामाजिक सञ्जालले निम्त्याउने बाधा र ख्याल नगरी नहुने विषयबारे पहिलो दिनको तालिम लिएका सांसद नारायण बहादुर मगर भन्छन् ‘यस्तो कुरा त कहीँ पढिएको थिएन, काम लाग्ने चिज रहेछ नि ।’ अर्की सांसद सावित्री जोशीले बच्चा जस्तै भएको महशुुस गरिन् ।

vlcsnap-2019-11-10-19h55m12s384

‘आज दिन गएको पत्तै भएन, फेसबुक, ट्विटरमा लेखिएका कुरा पनि यति महत्त्वपूर्ण हुन्छन् भन्ने पहिलो पटक थाहा पाएँ ।’ उनले भनिन् । जोशीले पहिलो पटक ट्विटर एकाउन्ट बनाएर छेउमा रहेकी संसद्को विषयगत समिति उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति सीता थेवेलाई फलो गरिन्  । लगत्तै सीता थेवेले जोशीलाई फलो ब्याग फर्काइन् । प्रशिक्षक भण्डारीले कुनै एक लाइन लेखेर ट्विट लेख्न आग्रह गरे । थेबेले पहिलो ट्विट गरिन् ‘हल्लो विराटनगर ।’

vlcsnap-2019-11-10-19h54m59s053

 

अर्का सांसद सुयर्माराज राइले फेसबुक पेज बनाउन सिके । पेजमार्फत सभामा राखेका अाफ्ना अभिव्यक्ती कसरी जनतामाझ पुर्याउने भन्नेबारे राइसहितका सांसदले जानकारी लिए ।

अर्का प्रशिक्षक लक्ष्मणदत्त पन्तले सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने भाषाको बारेमा सचेत गराए । उनले सामान्य लाग्ने विषयवस्तु पनि सार्वजनिक पदमा बसेका व्यक्तिका लागि गम्भीर प्रकृतिको हुन सक्ने भन्दै लाइक, कमेन्ट, शेयर र ट्विट गर्दा त्यसले दीर्घकालीन सम्म पर्न सक्ने सम्भावनालाई आंकलन गरेर मात्र त्यसो गर्न सुझाए । vlcsnap-2019-11-10-12h03m12s536

तालिममा सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएको सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले बताए । संसदीय पत्रकार मञ्च प्रदेश एकका अध्यक्ष गणेस लम्सालले सांसदहरूकाे मागका अाधारमा यस्ता कार्यक्रम पुनः गरिने जाकारी दिए ।

पत्रकार महासङ्घ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सञ्चारमाध्यम साना ठुलो नभएको भन्दै त्यसले पार्ने प्रभाव लेखाइको प्रभावकारीताका आधारमा फरक पर्ने बताए । मिडियालाई वास्ता नगर्ने नभई सहज पहुँचका लागि सांसदहरू मिडियामैत्री बन्नुपर्ने धारणा राखे । vlcsnap-2019-11-10-18h29m24s090
प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उद्घाटन गर्दै सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए ।