विराटनगरः प्रदेश एकका सामाजिका विकास मन्त्री जीवन घिमिरेले शुसासन भंग गराउन नजिककै मान्छे लागिपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विराटनगरमा गरेको एक कार्यक्रममा बोल्दै घिमिरेले परिवार, आफन्त र पत्रकारबाट शुसासन भंग गर्न प्रेरित हुने व्यवहार प्रस्तुत हुने अनुुभव बताए ।
‘पत्रकार त शुसासनका वकालतकर्ता’ उनले भने ‘आफ्नै पार्टी भित्रकाले झनै हिजो शुसान उल्लंघन गर्न सघाउन पुर्याउने गनुासो गर्छन् ।’
उनले आफुुलाई भोट हाल्ने मतदाता, पार्टीका कार्यक्रर्ताले हिजो चुनावमा सहयोग पुुर्याएको भन्दै नियमन मिच्न प्रेरित गरिरहेको बताए ।
मन्त्री घिमिरेले कार्यकारी ठाउँमा भएको व्यक्तिलाई असलमनसाय राखेर व्यवहार प्रस्तुत गर्नुपर्नेसमेत सुुझाव दिए । कानुन मिच्न बल पुुर्याउने नभइ नियमपूर्वक काम गर्न सघाउ पुुर्याउने सहयोगीको खाँचो रहेको भन्दै आफुुबाट सचिनुुपर्ने बताए ।
‘हामीले जस्तो अपेक्षा गर्छौ, त्यस्तै व्यवहार पाउँछौँ , जनप्रतिनिधिलाई गलत कार्य गर्न प्रेरित नगरौँ, मौका नदिउँ ।’ उनले भने ।