विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनतालाई शुसासनको प्रत्याभूति नगराएसम्म समृद्धिको यात्रा अघि नबढ्ने बताएका छन् । अमेरिकी राजदुतावासको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले प्रदेश एक र दुुइका जनप्रनिधिलाई विराटनगरमा दिएको तीन दिने तालिम उट्घान कार्यक्रममा बोल्दै राईले भने 'विकास र समृद्धिका लागि सुशासन पहिलो सर्त नै सुशासन हाे ।'

त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुसासन भङ्ग गर्न आफन्त र पत्रकार समेत लागेको अनुभव सुनाए । नजिककै व्यक्तिबाट हुने सुशासन उल्लङ्घनका प्रेरक आग्रहबाट उम्कन गाह्रो भइरहेको बताए ।

प्रदेश एक र दुइका २० पालिकाबाट सहभागी भएका उपप्रमुखलाई तीन दिनसम्म दिइने तालिममा, जनमैत्री सुशासन र सेवा प्रवाहमा कसरी सहजता उत्पन्न गराउने भन्ने बारेमा केन्द्रित हुने तालिम संयाेजन संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।