विराटनगरः प्रदेश एककी उपसभामुख सरस्वती पोख्रेलले नागरिक समाजले भुमिकाअनुरुपको दायित्व निर्वाह नगरेको गुनासो गरेकी छिन् । विराटनगरमा फ्रिडम फोरमले गरेको खुल्ला संसद् छलफल कार्यक्रममा बोल्दै पोख्रेलले जनताले चुनेका प्रतिनिधिले कस्तो कानुन बनाइरहेका छन् भनेर खबरदारी गर्ने वर्गमा पत्रकार मात्र रहेको भन्दै नागरिक समाजले परिभाषअनुरुपको जिम्मेवारी बहन नगरेको गुनासो गरिन् ।

‘वहाँहरु कानुन निर्माण हुन्जेल चुपचाप बस्ने र बनिसकेपछि तीव्र आलोचना गर्नुहुन्छ ।’ पोख्रेलले भनिन् ‘पत्रकारबाहेक नागरिक समाज र कानुन व्यवसायीको भूमिका एकदमै कमजोर भएको छ ।’

उनले पत्रकार र नागरिक समाजबिना खुल्ला संसद्को अभ्यास हुनै नसक्ने भन्दै स्वस्थ आलोचना सही मार्गदर्शन हुने तर्क गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेश याेजना अायाेगका उपाध्यक्ष सुवाेध प्याकुरेल, पत्रकार तारानाथ दाहाललगाएतले खुल्ला संसद र त्यसका फाइदाका बारेमा बाेलेका थिए ।