इटहरीः भारतले लिलुपेलको भुमी कब्जा गरेको विरोधमा इटहरीमा विरोध भएको छ । इटहरी नागरिक समाजको अगुुवाइमा दर्जनौं संघसँस्थाका प्रतिनिधि मुुख्य राजमार्गमा पुुगेर विरोध जनाए ।
बिरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भारतको हेपाहा प्रवृतीको विरोध गर्नुुपर्ने बताए । त्यस्तै नागरिक समाजका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेलले भारतले असल छिमेकी व्यवहार प्रस्तुत नगर्दा सामान्य नागरिकलाई समस्या भइरहेको बताए ।
इटहरी उपमहानगरपालिका प्रांगढबाट निस्किएको र्यालीले विराटनगर लाइनको दीपेन्द्र चौक हुँदै मुुख्य बजार क्षेत्र परिक्रमा गरि पुनः नगरपालिकामै पुुगेर टुँगीएको थियो ।
र्यालिमा इटरही क्षेत्रका विभिन्न विद्यालय तथा कजेलका विद्यार्थी र सामाजिक सँघसंस्थाहरुको समेत उल्लेखिय उपस्थिति रहेको थियो । र्यालीमा भारतले हेपामा प्रवृति अन्त्य गर, असल छिमेकीको व्यवहार देखाउ, मिचिएको नेपाली भुमि तुरुन्त फिर्ता गर लगाएता नाराहरु लगाइएको थियो।