कात्तिक १७ गतेको त्यो निर्णय, जसले इटहरी क्षेत्रको सडक साँघुरो बनायो: को–को हुन हस्तक्षरकर्ता ?

  • मंसिर ३, २०७६
  • २०३७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः गत कार्त्तिक १७ गते रानी–धरान ६ लेन सडक अन्तर्गतको इटहरी– तरहरा खण्डमा बाटो चौडाको विषयमा एउटा निर्णय भयो । त्यो दिन जुन निर्णय भयो लामो समय स्थगित भएको इटहरी क्षेत्रको बाटो विस्तारको कामले गति पायो । तर, गति त पायो बाटो चौडा हुनेगरि ।
यहाँ मूल सडक क्षेत्रको जमिन ५० मिटर चौडा हो । सडकको बिच भागबाट दायाँबायाँ २५, २५ मिटर कायम हुनेगरि सडक विभागको जमिन छ । जहाँ ५, ५ मिटर क्षेत्रफलमा भने सडकको जमिन मिचेर ठुलठुला घर र सपिङ मल बनाइएको छ । अहिले तिनै भवन जोगाउन जम्मा ४० मिटर क्षेत्रफलमा मात्र सडक बनाइँदै छ । बाँकी १० मिटर भने छाडिएको छ । ४० मिटरमा सडक त बन्न, तर बटुवा कहाँबाट हिँड्ने ? स्थानीयको प्रश्न छ ।
इटहरीमा पछिल्लो समय विवाद भएको कारण नै यही हो । योजनाका इन्जिनियरले भने सडक बन्ने डिपिआर नै ४० मिटरको भनेका छन् । तर, इटहरी चौक देखि आर्मी क्यामसम्म ४० मिटर हुने र आर्मी क्याम देखि तरहरासम्म चाहिँ किन ५० मिटर हुने ? यही प्रश्न लिएर इटहरीका सक्रिय युवा होमनाथ धमला, सुनिल कार्की, नवराज सुवेदीहरूको टोली सरोकारवालासमक्ष पुगिरहेको छ ।
को–को लागे त यो बाटो साँघुरो बनाउने खेलमा ?

pradeshportal

प्रदेश पोर्टललाई प्राप्त डकुमेन्टमा भने इटहरीबाट निर्वाचित जन प्रतिनिधि नै सामेल भएको प्रस्ट देखिन्छ । जसमा नेकपा सम्बद्ध २ र काँग्रेस सम्बद्ध १ जन प्रतिनिधि छन् ।
इटहरी ४ बाट निर्वाचित वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई, ६ नम्बर वडाध्यक्ष दीपक गौतम र ९ नम्बर वडा अध्यक्ष भूपेन्द्र बराल छन् । जसमध्ये गौतम काँग्रेस निकट हुन भने भट्टराई र बराल पूर्व एमाले निकट नेकपा सम्बद्ध हुन् ।
उनीहरूले हस्ताक्षर गरेको सहमति पत्रमा भने ५ नम्बर बुँदामा सहमति गरिएको छ । जहाँ भनिएको छ ‘इटहरी चौक देखि आर्मी पृतनासम्म जम्मा ६५ फिट भित्रबाटो, नाला कायम गरी निर्माण कार्यलाई तीव्रता दिने ।’

सहमतीपत्रमा हस्ताक्षर गर्ने उद्याेग वाणिज्य सँघ इटहरीका अध्यक्ष भिम बहादुर पाैडेल पनि छन् । उनि लगाएत निर्माण कम्पनीका विभिन्न व्यक्ती र इन्जिनियरहरूले हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

आजबाट भद्रपुर–ताप्ले ...

भद्रपुर :निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेक ...

गाउँमा जनताको समस्य ...

भोजपुर :निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको ...

त्रिविका कर्मचारीहरू ...

  धरानः यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरूले सोमबार अपराह्न १२ देखि २ बजेसम्म आ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved