धरानः लामाे समय अाफ्नाे उपस्थिति जनाउन नसकेकेा धरान काँग्रेसले मंसिर १४ मा हुने उपनिर्वाचनमा जीत्ने विश्वास लिएकाे छ । संघीय संरचनामा गएदेखिकाे पहिलाे स्थानीय सरकारकाे धरानमा नेतृत्व लिने जिम्मा पनि नेकपाले पाएपछि काँग्रेस प्रतिपक्षमा छ ।
तर, यद्दपि उपनिर्वाचनमा अाफुलाइ स्थापित गराउन अवसरकाे रूपमा लिएकाे काँग्रेसले याे पटक भने जसरी पनि जीत्ने दाबी गरेकाे छ ।अाज धरानकाे भानु चाैकमा भएकाे नेपाल ट्रेड यूनियन काँग्रेसकाे
चुनावी सभामा काँग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाकाे मेयर पदका उमेद्वार तिलक राइ ठुला ठुला सपना नबाँडि यथार्थकाे धरातलमा रहेर धराने जनताकाे सेवा गर्ने बताए ।
उनै राइलाइ जीताउन नेपाली काँग्रेसका केन्द्रीय स्तरका नेताहरू यति बेला धरानमा भेला हुने क्रम जारी छ । केन्द्रिय सदस्य डाक्टर शेखर काेइरालाले हिजाे सुकुम्वासी वस्ती पुगेर कँग्रेसकाे उम्मेद्वारका लागि भाेट मागिरहेका छन् । उनै काेइरालाले अाज धरानकाे चुनावी सभालाइ सम्बाेधन गर्दै काँग्रेसका तत्कालिन सभापती एवम प्रधानमन्त्री गरिजाप्रसाद काेइरालाकाे पालामा विपि प्रतिष्ठानकाे स्थापना भएकाे भन्दै अहिले साे स्वास्थ्य सँस्थाकाे लाभ धराने जनताले लिएरहेकाे तर्क गरे । उनले लामाे समय कम्युनिष्टहरूले धरानमा सत्ता चलाएपनि विकासमा धेरै पछि परेकाे बताए । 'गरिव, मजदुर सुकुम्वासीकाे भाेट लिएर पनि उनिहरूकाे जीवनस्तर उस्तै हुनुले कम्युनिष्ट गरिव जनताप्रति उत्तरदायी छैनन भन्ने प्रष्ट हुन्छ ।' उनले तर्क गरे ।
त्यस्तै नेता रामहरी खतिवडाले काँग्रेसले जीतिसकेकाे तर्क गरे । जनताकाे मनाेभाव काँग्रेसले जिताेस् भन्ने रहेकेा भन्दै नेकपालाइ भाेट नदिने स्पष्ट भएकाे बताए । नेता महेश अाचार्यले भने नेकपाले वर्षाैदेखि झुटकाे राजनीति गरिरहेकाे भन्दै जनताकाे अभिमत काँग्रेसलाइ जाने स्पष्ट भएकाे भन्दै काँग्रेसले याे पटक लालकिल्ला ताेड्ने निश्चित भएकाे तर्क छ ।
त्यस्तै महामन्त्री समेत रहेका काँग्रेस नेता शशांक काेइरालाले विगतमा पनि काँग्रेसले धरानलाइ माया गरेकाे भन्दै अब याे पटक जीतेर देखाइ दिए फेरी काँग्रेसले धरानकाे भविष्य बनाउने कार्यक्रम ल्याउने अावश्वसन दिलाए ।